arrow

एमालेका नेताहरु घर फर्के, माओवादीका आनाकानी गर्दै

बढ्यो एमालेको चहलपहल, बस्दै सचिवालय

logo
बाबु नेपाली, 
प्रकाशित २०७७ फागुन २५ मंगलबार
oli-makune-jhalanath-basuri.jpg

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई छुट्टाइदिएपछि पार्टीहरुले छुट्टाछुट्टै गतिविधि संचालन गर्न थालेका छन् । पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछि गुट विभाजन भए पनि पार्टी टुक्रिएपछि भने फेरि एमालेका पूर्व नेताहरु एमालेतिरै र माओवादीका नेताहरु माओवादीतिरै लागेका छन् । 

विशेषगरी ओली समूह र प्रचण्ड–नेपाल समूह बनेकामा ओलीतिर रहेका माओवादीका नेताहरु अझै घर फर्केका छैनन् भने प्रचण्ड–नेपाल समूहका नेताहरु घर फर्केका छन् । 

सोमबार साँझ पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको बैठकले सर्वोच्च अदालतको फैसला अनुसार अब आफ्नै पार्टीमा फर्केर संघर्ष गर्ने निर्णय निकालेको हो । 

आइतबार ऋषिराम कट्टेलले नेकपा आफ्नो भन्दै दिएको निवेदनमा फैसला गर्दै सर्वोच्च अदालतले नेकपा कट्टेलकै भएको तथा एमाले र माओवादी केन्द्र पूर्ववत् यथावत् रहेको भनेसँगै सोमबारदेखि गुट टुक्रिएर आ–आफ्नो घर लागेका हुन् । 

पेरिसडाँडामा नेताहरु निकै भावूक देखिन्थे । उनीहरुको मन निकै मिलेको थियो । तर परिस्थितिले भने उनीहरुलाई छुट्टाइदिएको छ । 

पेरिसडाँडाबाट एमालेतर्फका नेताहरुले आफूहरु पुरानै स्थितिमा फर्कने बताएका थिए । उनीहरुले पार्टीभित्रै रहेर विकृति र विसंगतिविरुद्ध लड्ने बताइरहेका थिए । 

माधवकुमार नेपालले यही कुरा पत्रकारहरुलाई भनिरहेका थिए । त्यस्तै एमालेका अन्य नेताहरुले पनि सोही अनुसार ब्रिफिङ गरिरहेका थिए । 

तर माओवादी केन्द्रका नेताहरु भने पत्रकारसँग टाढा टाढा भइरहेका थिए । 

प्रचण्ड–नेपाल समूहबाट नेताहरु एमालेका नेताहरु एमालेतिर फर्किएपछि माओवादी केन्द्र भने साँघुरिएको छ । माओवादीतर्फका प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा गएका नेताहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् । 

अहिले माओवादी केन्द्रका तर्फबाट केही मन्त्रीहरु रहेका छन् । उनीहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् । त्यसैगरी ओली समूहले थपेका केन्द्रीय सदस्यहरुलाई एमालेभित्रै अटाएर राख्ने एमाले महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताइसकेका छन् । 

सरकारमा माओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी लगायत रहेका छन् । उनीहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् । 

उनीहरु आफ्नो पार्टीमा नफर्किए पार्टीले उनीहरुलाई सांसदबाट निकाल्ने छ । त्यसो भएका खण्डमा एमालेतिर लागेका खण्डमा ६ महिनामात्र मन्त्री बन्न पाउने छन् । 

ओली समूहलाई माओवादी केन्द्रले सरकारमा साथ दिने सम्भावना कम छ । सत्ता र शक्तिको लडाइँकै कारण अहिले यो हालत भएको भन्दै अब त्यो सम्भावना सकिएको छ । 

तर राजनीतिमा सबै जायज हुने ढोका खुला रहेकाले जे पनि हुन सक्नेछ । 

बढ्यो पोखरेलको सक्रियता, बस्दै सचिवालय
नेकपा छँदा सचिवालय सदस्य रहेका पोखरेलको सक्रियता एकाएक बढेको छ । एमाले छँदा उनी महासचिव थिए । उक्त पद फेरि फर्किएको छ । नेकपा छँदा अर्थमन्त्री विष्णु पौडेल महासचिव थिए । 

पोेखरेलले मंगलबार अपरान्ह ४ बजेलाई एमालेको पार्टी सचिवालय बैठक पनि डाकिसकेका छन् । उनीहरू सबैलाई एसएमएस र टेलिफोनमार्फत खबर गरिएको बताइएको छ । 

एमालेको विधानअनुसार महासचिव प्रमुख रहने सचिवालयमा दुई उपमहासचिव र पाँच सचिवहरु सदस्य रहेका छन् । 

पार्टी अझ मजबुद बन्ने दाबी उनको रहेको छ । 

जिल्ला जिल्लामा गाडिए एमालेका झण्डा र चुनावचिन्ह
एमालेको चहलपहल जिल्ला जिल्लामा बढेको छ । सर्वोच्चले आइतबार फैसला गरेपछि सोमबारदेखि नै विभिन्न जिल्लामा नेकपाको झण्डा झिकेर एमालेको झण्डा गाडिएको छ । 

त्यसैगरी चुनावचिन्ह सूर्य गाडिएको छ । ओली समूह बढी नै उत्साही देखिएको छ भने माधव नेपाल समूह वाध्यकारी अवस्थामा घर फर्किएको छ । र, पनि समयले अब एकता गराएको छ । 

माओवादी केन्द्रका नेताहरुले जिल्लाजिल्लामा खासै रौनक देखाएका छैनन् । छिट्टै बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने बारेमा निर्णय गर्ने एक नेतृले बताएकी छिन् । 

पार्टी टुक्रिएपछि एमाले पहिलो दल नै बनेको छ । नेपाली कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो तथा जसपा चौथो दल भएको छ । 

सत्ता समीकरण कसरी अगाडि बढ्छ भन्ने चासो यद्यपि छ । त्यसैगरी बुधबार बस्ने संसद बैठक पनि थप रोमाञ्चक हुनेछ । सीट संख्या मिलाउन पर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ