arrow

अछाममा पनि खुल्यो बजाजको सुविधा सम्पन्न शोरुम 

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
babaj-showroom-achaam.jpg

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले अछाममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम खोलेको छ । नयाँ शोरुम ‘शुभेच्छा ट्रेडर्स एंड सप्लायर्स’ को उद्घाटन भएको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले अछाममा पनि शोरुम संचालनमा ल्याएको जानकारी दिएको छ । 

यस उद्देश्यलाई सार्थक बनाउन शुभेच्छा ट्रेडर्स  एंड सप्लायर्स अछामका प्रोपराइटर भरत खड्कालाई डिलरसीप प्रदान गरिएको हुलासले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने दाबी गरिएको छ । 

यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको पनि जनाएको छ ।
 
नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी अछाममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’

उनले अगाडि थपे, ‘अछाममा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’ 

शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ