arrow

होटलमा रकम नतिरेपछि हत्या, तीन पक्राउ

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
dead2.jpg

चितवन । एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई बुधवार यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
 
पक्राउपर्नेमा गैँडाकोट नगरपालिका-२ घर भई नारायणगढस्थित जानकी गेष्ट हाउसमा व्यवस्थापकको काम गर्ने वर्ष ४२ का सञ्जय गजुरेल, भरतपुर महानगरपालिका-२७ घर भई नारायणगढमा भाडामा बस्ने २५ वर्षीय विक्रम महतो र कालिका नगरपालिका-७ जुटपानी घर भई नारायणगढ बजारमा बस्ने ३० वर्षीय रामबहादुर परियार रहेका छन् ।
 
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार निजलाई लम्जुङको मस्याङ्दी गाउँपालिका-५ घर भई नारायणगढमा डेरा गरी बस्ने ४८ वर्षीय गोपाल गुरुङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।

प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार नारायणगढस्थित जानकी गेष्टहाउसमा बसेका गुरुङलाई होटलमा रकम नतिरेका विषयमा विवादपछि हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
 
यही फागुन १० गते बिहान नारायणगढ छेवैको नगरवन नजिक गुरुङको शव शङ्कास्पद अवस्थामा भेटिएको थियो । सोपश्चात् प्रहरीले अनुसन्धान गरी निज दोषी देखिएपछि पक्राउ गरिएको उनले जानकारी दिए ।

उनीहरुसँगै शव लैजान प्रयोग गरिएको ना२ह १२४० नंको अटोसमेत बरामद गरिएको छ ।
 सो अटो पक्राउ परेका महतोले चलाउँदै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १७७ बमोजिम जन्मकैदको मागसहित मुद्दा दर्ता गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ