arrow

कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य सम्मानित

चाँडै सूचनाप्रविधिको प्याकेज घोषणा : सञ्चारमन्त्री

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
ICT-startup-award.jpg.jpeg
काठमाडौँ । लिभिङ विथ आइसिटी पत्रिकाले आयोजना गरेको ‘सुस्मित इन्टरनेसनल आइसिटी स्टार्टअप अवार्ड– २०१६’ आइसिटी विशेष सम्मान कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाई प्रदान गरिएको छ । शाक्यले लामो समय देखि आइसिटी क्षेत्रमा गरेको योगदानको कदर स्वरुप उक्त सम्मान गरिएको हो । 
 
उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा  सूचना तथा सञ्चारमन्त्री शेरधन राईको उपस्थीति रहेको थियो । कार्यक्रममा सञ्चारमन्त्री राईले सूचना प्रविधिको पूर्वाधार विकास गर्न र इन्टरनेट सेवालाई विस्तार गर्नका लागि प्याकेज घोषणा गर्न लागिएको उल्लेख गरे । 
 
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री राईले आइसिटीलाई देशको विकासमा जोडेर लैजानुपर्नेमा जोड दिए । अहिलेसम्म राज्यले नचिनेको प्रतिभालाई आइसिटी पत्रिकाले सम्मान गरेकाप्रति प्रशंसा गर्दै मन्त्री राईले निकट भविष्यमा राज्यले सूचना प्रविधिमा योगदान पुर्‍याउने प्रतिभालाई सम्मान गर्ने जानकारी गराए ।
 
कार्यक्रममा ‘आइसिटी स्टार्टअप– २०१६’ बाट ‘चार आइटी स्टार्टअप’लाई सूचना तथा सञ्चारमन्त्री राईले सम्मान गरे । सम्मानित हुनेहरुमा सस्तो डिल प्रा.लि., कुल टेक्नोल्याब प्रा.लि., यल्लो नेपाल प्रा.लि. र स्मार्ट समाज प्रा.लि रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ