arrow

सोमबारको प्रदेशसभा बैठक स्थगित

logo
प्रकाशित २०७७ चैत १ आइतबार
pradesh_sabha.JPG

मोरङ। प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो  बैठक यही चैत २ गते बस्ने भनिएकामा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनापत्रमा  विशेष कारणले प्रदेशसभा नियामावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।
 
यसअघि गत फागुन १९ गते प्रकाशित सूचनामा सोमबार अपराह्न १२:३० बजे बैठक बस्ने भनिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ