arrow

पाकिस्तानी प्रसिद्ध सुफी गायकको गोली हानी हत्या

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
amdaz.jpg.jpeg
 
 
कराँची (पाकिस्तान)। पाकिस्तानका प्रसिद्ध सुफी गायकलाई एक अज्ञात समूहले बुधबार गोली हानी हत्या गरेको छ । मोटरसाइकलमा आएका आक्रमणकारीले कराँचीको लियाकताबाद इलाकामा कारमा आफन्तसँग सडकमा हिंडिरहेका बेला आक्रमण भएको प्रहरी अधिकृत फारुक सन्जारनीले एएफपीसँगको कुराकानीमा बताएका छन् । 
 
पैतालिस वर्षीय गायक अमजाद साब्रीमाथि पाँच गोली प्रहार गरिएको थियो । गोली लागि घाइते भएका उनलाई स्थानीय अब्बासी सहिद अस्पतालमा उपचारका लागि पुर‍्याइए पनि अस्पताल पुगेको केही क्षणमै मृत घोषणा गरिएको थियो । 
 
साब्रीसँगै कारमा यात्रारत आफन्त सलिम साब्रीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ