- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। श्रमजीवी पत्रकारहरूको हकहित र पेसागत संरक्षणका लागि कोष खडा गर्ने कार्य अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले बताएका छन् ।
अध्यक्ष आचार्यले नेपाल सरकारबाट प्राप्त हुने लोक कल्याणकारी विज्ञापनबाट १० प्रतिशत रकम श्रमजीवी पत्रकारहरूको कल्याण कोषमा जम्मा गर्ने। वार्षिक ४ अर्ब रुपैयाँ बराबरको लोककल्याणकारी विज्ञापन बापत रकम छुटाउने गरिदे र त्यसको १० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ कोषमा जम्मा हुने भएकोले पैसाको कुनै कमी नहुने बताए ।
बिहीबार नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको शास्त्री सभा कक्षको उद्घाटन समारोहमा बोल्दै महासङ्घको इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचन हुन लागेकोमा खुसी लागेको भन्दै स्वतन्त्र पत्रकारिता र संस्थागत विकासका लागि कलम चलाउनुपर्ने अध्यक्ष आचार्यले बताए ।
अध्यक्ष आचार्यले पेसागत संरक्षणको उद्देश्यले पत्रकारहरूको वृत्ति विकास अन्तर्गत ६५ वर्ष उमेर पार गरिसकेका पत्रकारहरूलाई पेन्सन उपलब्ध गराउने निर्देशिका बनाउने काम जारी रहेकोले अब चाँडै नै पाउने उद्घाटन समारोहमा जानकारी गराए।
अहिले कल्याण कोषमा ६ करोड रकम जम्मा भएको र त्यसको व्याज वाट ६५ वर्ष पुरा भएका पत्रकारहरूलाई मासिक १० हजार पेन्सन दिने गरी निर्देशिका बनाउने काम जारी रहेको र चाँडै कार्यान्वयनमा आउने अध्यक्ष आचार्यले बताए । कल्याण कोष वाट ज्येष्ठ पत्रकार, अपाङ्ग पत्रकार तथा द्वन्द्व परेका पत्रकारहरूलाई आर्थिक सहयोग प्रदान गरिने जानकारी गराए।
नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा उद्घाटन समारोह भएको थियो । वातानुकूलित सभाकक्षको निर्माण भएपछि महासङ्घलाई कुनै पनि कार्यक्रम आयोजना गर्नका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएका धनुषाको अध्यक्ष मिश्रले बताए ।
साथै अन्य संस्थाहरूले पनि कार्यक्रमका लागि सभाकक्षको प्रयोग गर्न मिल्ने भन्दै पत्रकारहरूको सफलताको रहेको कुरामा वक्ताहरूले जोड दिएका थिए ।