arrow

भारतको जेलमा ४१ वर्ष बसेका दीपक रिहा

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
dipak-joshi-timsina-relase-.jpg

काठमाडौं । बिना कसुर ४१ वर्ष भारतीय जेलमा बसेका एक नेपाली शनिबार रिहा भएका छन् । कर्तव्य ज्यान मुद्दामा कारागारमा थुनिएका दीपक जैसी तिम्सिनालाई शनिवार रिहा गरिएको हो । 

उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ नै आदेश दिएको भए पनि प्रक्रिया पूरा गर्दा ढिलाई भएको हो । नेपालबाट उनका भाइ प्रकाश कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया गत हप्ताको शुक्रबारदेखि शुरु भएको थियो।

प्रकाशचन्द्र र कोलकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको बीबीसीले लेखेको छ । 

पहिले बीबीसीको हिन्दी संस्करणले यो घटना सार्वजनिक गरेपछि प्रक्रिया अगाडि बढेको थियो । 

उनको मुद्दा भने अझै किनारा लागिनसकेको उनको पक्षबाट मुद्दा लडेका कोलकाताका कानुन व्यवसायी हीरक सिन्हाले बताएका छन् ।

उनको बारेमा उनी पक्राउ परेको स्थान भारतको दार्जिलिङ वा कोलकाता उच्च अदालतलाई छ–छ महिनामा उनीबारे जानकारी गराउनु पर्ने सर्त अदालतले राखेपछि परिवारले सर्त पूरा गरेपछि छुटेका हुन् । 

दमदम कारागारबाट बाहिर निस्कँदा भने उनलाई फुलमाला लगाइएको थियो । 

दीपक सन् १९७९ देखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए । तोरीको पोको बेच्नका लागि भनेर इलामको मङ्गलबारे हिँडेका उनी घर फर्किएका थिएनन् ।

त्यसपछि उनी रोजगारी खोज्दै भारतको दार्जीलिङ पुगेको बताइएको छ। त्यहीँबाट प्रहरीले पक्राउ गरेको र उनलाई ज्यानमुद्दा लागेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ