arrow

खुमबहादुर खड्काको घर नजिकै भेटिएको बम निस्क्रिय

logo
प्रकाशित २०७३ असार १० शुक्रबार
grinet.jpg.jpeg
तुलसीपुर (दाङ)। नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको सतबरिया–६ गोझेनामा रहेको घर नजिकैको खेतमा आज बिहान भेटिएको ३६ नंको हेन्ड ग्रिनेट बम निस्क्रिय गरिएको छ । 
 
प्रहरी प्रवक्ता प्रकाश शर्माका अनुसार खेत जोत्ने क्रममा भेटिएको सो बम नेपाली तारादल गण घोराहीबाट आएको टोलीले दिउँसो निष्क्रिय गरेको हो । उक्त बम सशस्त्र द्वन्द्वका समयमा फालिएको हुन सक्ने अनुमान गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ