काठमाडौं । प्रहरीले ३६ लाख हुण्डी रकम सहित काठमाडौमा दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुमा प्राप्त विशेष सुराकीको आधारमा न्यूरोडबाट दुई जनालाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी विक्रम सिंह थापाले जानकारी दिए ।
‘सुराकीको आधारमा गएको परिसरको टोलीले प्रकाश खत्री र सुवाश खत्रीलाई पक्राउ गरेका हौं ।’ एसएसपी थापाले भने ‘हामी आईतबार दुबैजनालाई राजश्व विभागको जिम्मा लगाउने छौं ।’ उनीहरूलाई महानगरीय प्रहरी जनसेवाको हिरासतमा राखिएको छ ।