arrow

काका ससुरा र बुहारी मृतावस्थामा फेला

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
Taplejung-hamrakura.jpeg

ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेमा दुई जना मृत अवस्थामा भेटिएका छन् ।  नाताले काका ससुरा र बुहारी छुट्टाछुट्टै स्थान तथा समयमा मृत अवस्थामा भेटिएका हुन् ।

 बुधबार दिउँसोदेखि बेपत्ता बनेकी ३६ वर्षीया बिमला बस्नेत बेलुका घाँटीमा प्लाष्टिकको डोरीले बाँधिएको अवस्थामा मृत भेटिएको बताइएको छ । आज विमलाका काका ससुरा पर्ने घनस्याम बस्नेत पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका छन् ।

विमलालाई बेलुका करिब ९ ० बजे घर नजिकैको जङ्गलमा घाँटीमा डोरीले बाँधिएको र भुईमा लतारिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
 
शव फेला परेको खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । विमलाको शव परीक्षणका लागि आज जिल्ला अस्पतालमा ल्याइएको छ ।

घटनास्थलबाट प्रहरीको टोली फर्किएको केहिबेरमा नै विमलाका काका ससुरा पर्ने घनस्याम पनि घर नजिकैको जङ्गलमा मृतावस्थामा भेटिएको स्थानीयवासी विजय डाँगीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ