arrow

राईहरुले वोल्ने याख्खा भाषा लोप हुने अवस्थामा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ असार ११ शनिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। राईहरुले बोल्ने याख्खा भाषा लोप हुने अवस्थामा पुगेको छ । राई परिवारमै याख्खा भाषाको प्रयोग नगर्नाले पनि यो भाषा अहिले लोप हुने अवस्थामा पुगेको किराँत याख्खा छुम्मा जिल्ला कार्य समिती  पाँचथर जिल्ला अध्यक्ष गजेन्द्र देवान वताए ।
 
उन भने ,“हामीले वोल्ने भाषा अहिले आउने पुस्ताले वेवास्ता गर्दा याख्खा भाषा नै संकटमा परेकोले भाषा बचाउनको निम्ति पनि यो भाषा सम्वन्धी अहिले तालिमको आयोजना गर्देछौ ।” अहिले जिल्लाको ओलने गा वि सको ६० हजार पाँच सय रुपैयाको आर्थिक सहयोगमा सुरु भएको सो तालिमले याख्खा भाषा सम्बन्धी केही उर्जा दिए पनि सरोकारवाला समुदायले बेवास्ता गरे तालिमको कुनै महत्व नरहने किराँत याख्खा छुम्माका केन्द्रीय सदस्य खड्ग बहादुर देवानको प्रतिक्रिया छ ।
 
 उनले प्रशिक्ष, तालिमहरु सामान्य विकल्प मात्रै भएको भन्दै प्रयोगले नै भाषा बचाउन सकिने बताए । गा वि सका १५ बर्ष देखि ७५ बर्षसम्मका ४० जनाको सहभागिता रहेका सो तालिमको सहजिकरण किराँत याख्खा  छुम्मा जिल्ला कार्य समितीका कोषाध्यक्ष मानभक्त देवानले गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ