एजेन्सी । उत्तर प्रदेशको मुजफ्फरनगर दंगामा आधारित चलचित्र शोरगुल प्रदर्शन गर्न मुजफ्फरनगरका हल संचलाकले अस्वीकार गरेका छन् ।हल संचलाकलाई स्थानिय अधिकारीले पर्याप्त सुरक्षा व्यवस्था दिने भनिएता पनि हल संचालकले चलचित्र चलाउन अस्वीकार गरेका हुन् ।
भारतिय सञ्चार माध्यमका अनुसार चलचित्र हिन्दु केटा र मुस्लिम केटि बिचको सम्बन्धमा आधारित रहेको छ । सो सम्बन्ध राजनीतिक बिषय बन्छ । साथै समाजमा अशान्ति र अव्यवस्था फैलिन्छ । चलचित्रको कथा मुजफ्फरनगर दंगाको प्रष्ठभूमिमा आधारित छ । चलचित्रमा जिम्मी शेरगिल र आशुतोष राणा मुख्य भूमिकामा छन् ।
चलचित्र रिलिजको केहि समय अघि भारतीय जनता पार्टीका विवादित विधायक संगीत सोमले चलचित्र माथि प्रतिबन्ध लगाउन माग गरेका थिए । जिल्ला मनोरंन्जन अधिकारी मनोज वाजपेईका अनुसार , थिएटर मालिक विवादित फिल्म संचालन गर्न तयार रहेका छैनन् । उनिहरुलाई चलचित्र प्रदर्शन गरे बिरोध हुने डर देखिएको छ । चलचित्र जुलाई १ मा रिलिज हुदैछ ।
जिल्ला प्रशासनले थिएटर मालिलाई सुरक्षा व्यवस्था गर्ने आश्वासन दिएका छन् । जिल्ला अधिकारी डीके सिंहले भने , " चलचित्र माथि यहाँ कुनै प्रतिबन्ध लगाएको छैन । साथै हल संचलाकलाई पर्याप्त सुरक्षा व्यवस्था गरिने व्यवस्था मिलाएका छौ ।"