arrow

देउवा–प्रचण्ड वार्ताको अर्थ !

logo
प्रकाशित २०७७ चैत १८ बुधबार
Deuba-prachanda.jpg1.jpeg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

सभापति देउवा निवास बुढानिलकण्ठमा मंगलबार अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । 

विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले गत फागुन ११ गते पुनःस्थापना गरेपछि र फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठनका सम्बन्धमा सर्वोच्चले गरेको निर्णयपछि दलहरूबीच नयाँ सत्ता समीकरणबारे छलफल हुँदै आएको छ । 

प्रचण्डले फेरि एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध एक भएर लागेजस्तै सत्ता समीकरणका लागि पनि एक हुन आह्वान गर्दै आएका छन् । 

तर देउवा भने यसमा ढुक्क हुन सकेका छैनन् । ओलीले संसद विघटन गरेपछि र नेकपालाई सर्वोच्च अदालतले नफुटाउँदैको अवस्थामा प्रचण्ड र माधवकुमार नेपाल समूह एकैस्थानमा रहेका अवस्थामा उक्त समूह हाबी थियो । 

अहिले पार्टी नै भिन्न भिन्न भएको र माधव नेपाल पक्षलाई ओलीले एमालेभित्रै दुःख दिइरहेको सन्दर्भमा सत्ता समीकरण झण्झटिलो बन्दै गएको छ । कांग्रेस र माओवादी केन्द्रमात्र मिलेर पनि सत्ताको नयाँ समीकरण बन्दैन । 

जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि एकै कित्तामा आउनु पर्ने हुन्छ । तर जसपाको महन्थ ठाकुर पक्ष भने ओलीसँग नजिकिएको छ । ठाकुरले कांग्रेस र माओवादीले आफूहरुका माग हेरौंला भन्ने तर वास्ता नगरेको आरोप लगाइसकेका छन् भने शक्तिमा रहेका ओलीले नै माग पूरा गर्न सक्ने समेत संकेत गरेका छन् । 

यसबाट ठाकुरको पक्ष ओलीतिर जाने निश्चित जस्तै छ । जेलमा रहेका जसपा सांसद रेशम चौधरीलाई छुटाउन पनि कसरत भइरहेको छ । 

ओलीले जसपालाई भित्र्याउन सरकार र थारु कल्याणकारिणी सभासहित थरुहट संघर्ष समितिबीच पहिलो चरणको वार्ता सिंहदरबारमा सम्पन्न भएको छ ।

वार्ता सकारात्मक रहेको जनाइएको छ । अर्को चरणको वार्ता छिट्टै बस्ने सहमति भएको छ ।

सभाले १९ बुँदे माग सरकारसँग राखेको छ । सो माग पूरा भए जसपा ओलीसँग सत्ता साझेदारी गर्ने पक्का छ । 

तर संविधान संशोधनको मुद्दा भने ओलीले चाहेर पनि पूरा हुँदैन । संविधान संशोधन गर्न संसदमा दुईतिहाईको समर्थन चाहिन्छ । 

तसर्थ संविधान संशोधनको मुद्दालाई थाँतीमै राखेर जसपाको ठाकुर पक्ष ओलीको सत्ता टिकाउन सरकारमा जाने सम्भावना प्रचूर छ । 

यो अवस्थामा प्रचण्ड र देउवाको सत्ता समीकरणको भेट अर्थपूर्ण देखिँदैन । ओलीले चालेका कदम र आफ्नै एमाले पार्टीभित्र देखाएको रबैया लोकतन्त्र विरोधी कदम बाहेक केही पनि हुन नसक्ने तीतो यथार्थ भए पनि यसलाई तत्काल रोक्न सक्ने अवस्था देखिएको छैन । 

प्रचण्डले नेकपा फुटाउने सर्वोच्चको फैसला पुनराबलोकन गर्न सर्वोच्चमा निवेदन हालेको दिन नै देउवालाई भेट्नुलाई भने अर्थपूर्ण रुपमै लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ