अन्तिम समयमा करिश्माको गोलले पोर्चुगल क्वार्टरफाईनलमा
प्रकाशित २०७३ असार १२ आइतबार
1.8k
Shares
काठमाडौं। पोर्चुगल क्रोएसियालाई हराउँदै यरो २०१६को क्वार्टरफाईनल प्रवेश गरेको छ। ९० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि थपिएको समयमा पोर्चुगलका रेनाटो करिश्माले गोल गरेका थिए।
थप समयको ११७औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको आख्रमण गोलकिपरले फर्काएपछि उक्त बललाई करिश्माले टाउकोले हानेर जाली छुवाएका थिए।
निर्धारित समयमा दुवै टोलीले केही राम्रा आक्रमणहरु गरे पनि गोल भने गर्न सकेका थिएनन्। दोस्रो हाफमा टोलीमा आएका करिश्माले गोल गर्दै पोर्चुगललाई पोल्याण्डसँग क्वार्टरफाईनलमा भेट गराउने निश्चित गरेका थिए।
खेल दौरानमा अधिकांश समय क्रोएसियाले बल नियन्त्रणमा लिएको भएता पनि जित भने हात पार्न सकेन्। खेल अवधिभर पोर्चुगलले २८ फाउल खेलेको थियो भने क्रोएसियाले १२ फाउल मात्र खेलेको थियो।