arrow

अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २३ सोमबार
ajod-insurence.jpg

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ।

यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सह प्रवक्ता रुपेश केसीले जानकारी दिए।

सो कम्पनीको हकप्रद शेयर निष्कासन गर्ने सूचना सार्वजनिक हुनु अगावै शेयर कारोबारमा वृद्धि भएको भन्दै बोर्डमा गुनासो प्राप्त भएको जनाइएको छ।

त्यस दिनको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेस गर्न नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गरिएको बोर्डले जनाएको छ।

कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने बोर्डको भनाइ छ। धितोपत्र बजारका स्थापित मूल्य मान्यता अनुरूप बजारलाई स्वच्छ र पारदर्शी रूपमा सञ्चालन गर्न अनुरोध गर्दै बोर्डले गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ