arrow

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा नेविसंघले घेर्‍यो निगम

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २४ मंगलबार
nsu_1617692525.jpg

काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको  विरोधमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले प्रदर्शन गरेको छ । सोमबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय बबर महल पुगेर नेविसंघले घेराउ र विरोध प्रदर्शन गरेको हो ।

घेराउपछि नेविसंघ महामन्त्री दीपक भट्टराईले कोरोना आक्रान्त पछि बिस्तारै मुलुक सामान्य हुँदै गएको तर खतरा जीवितै रहेको यो अप्ठ्यारो समयमा सरकारले समग्र राहत दिनुपर्नेमा उल्टो सरकार बारम्बार पेट्रोलियम पदार्थ सँगै सबै क्षेत्रमा मूल्य वृद्धि गरि जनताको शोषण गरिरहेको बताए । उनले भने, ' यो सरकारको विकल्प नेपाली जनताले खोज्ने नै छन् ,सँगै सधैँ अप्ठ्यारो समयमा जनताको रगत चुसी आफू मोटाउने आयल निगमको विकल्प पनि खोज्न जरुरी छ ।'

विरोध प्रदर्शनमा नेविसंघका महामन्त्री बलदेव तिम्सिना ले कोरोना महामारीपछि जनजीवन असामान्य बनिरहेको,रोजगारी र आयस्रोत गुमेको र जनजीवन झन् कष्टकर बनिरहेको बेला सरकारले मूल्यवृद्धि गरेर जनताको शोषण गरिरहेको बताए ।

निगमले चैत महिना मात्र पेट्रोलियम पदार्थको मूल्य दुई पटक बढाएको छ।  आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। वृद्धि भएको मूल्यसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ