arrow

हराएकी बालिका मृत अवस्थामा फेला, हत्याको आशङ्का

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ चैत २५ बुधबार
death.jpg

मुगु । शनिवार देखि हराएकी भनिएकी एक बालिका तीन दिन पछि  मुगु कर्णालीमा मृत अवस्थामा फेला परेकी छिन । सोरूँ गाउँपालिका -९ कि ९ बर्षिया लक्ष्मी चौलागाईं शनिवार देखि सोही गाउँपालिका-८ तारा पानीबाट हराएको जानकारी प्रहरीलाई दिएका थिए । प्रहरी र स्थानीयले खोजती गर्दा कतै फेला नपरेकी ती बालीका सोमबार माछा मार्न गएका स्थानीयले सोही गाउँपालिका-८  मुगु कर्णालीको घाट भन्ने स्थानमा चौलागाईंलाई मृत अवस्थामा फेला परेका हुन ।

सोरूँ गाउँपालिका-९ कालै स्थायी ठेगान भएका चौलागाईंको घरपरिवार केही समय देखि सोही गाउँपालिका-८ तारापानीमा बस्दै आएका छन् । शनिवार तारापानीको घर नजिकै खेलिरहेकी ९ बर्षिया लक्ष्मी चौलागाईं शनिवार देखि हराएपछि  स्थानीय र प्रहरीले खोजतलास गर्दा  बालिकाको घर देखि ५ सय मिटर टाढा  मुगु कर्णाली नदिना माछा मार्न गएका स्थानियहरुले बालिकाको शव  मुगु कर्णालीको नदी बिच भागको ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको सोरूँ गाउँपालिका-८ का दानबहादुर शाहीले बताए ।

शव भेटिएको स्थान भन्दा केही मिटर माथि आधा खाएको चाउचाउका पाकेट र सिंगो अर्को पाकेट समेत भेटिएको छ ।  उक्त स्थानको प्रकृति हेर्दा बालिकालाई कसैले ललाई फकाई गदै घरबाट टाढा लगी कुनै अनैतिक प्रयास गरी हत्या गरेर नदीमा फालेको हुन सक्ने बालिकाका दाइ नाता पर्ने धर्मराज शाहीले भने ।

शव फेला पारेको स्थान भन्दा केही मिटर यता भेटिएका चाउचाउका पाकेटबाट प्रारम्भिक अनुसन्धान गर्दा तारापानी सिप बजारमा दुई जना मात्र चाउचाउ व्यापारी भएको र शनिवार साँझ तिर बालिकाको घर नजिक घर भएका एक छिमेकीले चाउचाउ लिएको खुल्न आएको छ ।  उक्त घट्नाको  शङ्कास्पद एक  व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको  जिल्ला कार्यालयका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक विकका अनुसार  प्रहरीले नियन्त्रणमा लिएको युवाले आफू शनिवार मादक पदार्थ सेवन गरेको ,त्यो दिन ती बालिकालाई आफूले बहिनी सम्झेर चाउचाउ दिन खोज्दा आफूलाई जडिया भनेर जिस्काएपछि उनिलाई हातले हान्न खोज्दा बालिका दौडिएपछि लडेर मदिना परेको तर आफूले कुनै अनैतिक प्रयास नगरेको ती युवाले प्रहरीलाई बयान दिएको भएपनी थप अनुसन्धानका लागी उनिलाई प्रहरी हिरासतमा राखिएको  छ ।

थप अनुसन्धान र पोस्टमार्ट रिर्पोट आएपछि मात्र बालिकाको शव कसरी  मुगु कर्णाली नदीमा फेला परेको  र बालिकाको हत्या वा अरू कारण केही भन्ने बारे अनुसन्धान पछि मात्र थप जानकारी आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ