arrow

उपत्यकामा सेवा बिस्तार गर्न थाल्यो स्मार्ट टेलिकम

logo
प्रकाशित २०७३ असार १२ आइतबार
final-smart-telecom.jpg.jpeg
काठमाडौं । स्मार्ट टेलिकम प्रा.लि.ले काठमाडौं उपत्यकामा करिब पचासवटा टावर जडान गरी परिक्षण थालेको बताएको छ । देशका अधिकांश भूभागमा आफ्नो दूरसंचार सेवा विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकामा पनि बिस्तारलाई तिब्रता दिएको बताएको हो ।
 
हाल कार्यगत ३४ जिल्लाहरुमा रहेका ग्राहकवर्गलाई राजधानी भ्रमण गर्दा सेवा पुराउने प्रमुख उद्देश्यका साथ नेटवर्क विस्तारको काम गरिरहेको स्मार्ट टेलिकम कर्पोरेट कम्युनिकेशनका प्रमुख पवन सिंह शाक्यले जानकारी दिए । 
 
हाल विद्यमान २ जी नेटवर्कलाई ३ जी सेवामा स्तरन्नोति गर्न नियमक निकायमा आवश्यक कार्य गरिरहेको तथा उपत्यका भित्र उपभोक्ताको सेवाको लागि विभिन्न स्थानहरुमा विक्रि केन्द्रहरु खोलेर बिस्तार गर्न लागेको शाक्यले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ