arrow

९ बर्षीया बालिका हत्या प्रकरण : देउताको कसमले खुल्यो वास्तविकता

अपराधी नजिक यसरी पुग्यो प्रहरी

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ चैत २७ शुक्रबार
laximi-chaulagain-murderd-prabesh-rawal1.jpg

मुगु । भनिन्छ अपराधीको न त धर्म हुन्छ,न त नाता,न त धनी, न त गरिब तर मुगुका एक प्रतिवादीको भने स्थानीय देउतामा विश्वास रहेको पाइएको छ । कुरा हो गत २१  गते बलात्कार प्रयासपछि हत्या गरिएकी मुगु सोरूँ गाउँपालिका वडा ९ कालै गाउँका १० बर्षिया बालिका लक्ष्मी चौलागाईँका हत्याका प्रतिवादीले बयान दिँदा अनुसन्धानमा खटिएका प्रहरीलाई खुवाएको देउताको कसम ।

प्रतिवादीलाई प्रहरीले २४ गते पक्राउ गरेपछि घटना सम्बन्धी केरकार गर्दा प्रतिवादीले आफूलाई कुटपिट नगर्ने सर्तका लागी वडा नं ८ रुम गाउँमा रहेका चर्चित रुम विजयी देउताको कसम खुवाउन लगाएको र आफूले पनि सत्य बाहिर आउने विश्वासमा कसम खाएको अनुसन्धानको नेतृत्वमा खटिएका प्रहरी निरीक्षक नरेश विकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताए । उनले भने अपराधीको देउता प्रतिको विश्वास देखेर आफूलाई अचम्म लाग्यो जब मैले रुम विजयी देउताको कसम खाए तब उसले फटाफट घटना बारे ओकल्न थाल्यो उसले भने अनुसारका प्रमाण खोज्दा यथार्थ भेटिए उसले पनि देउताको विश्वासमा सबै कुरा नढाटी
 भन्यो ।

यसरी भयो लक्ष्मीको हत्या
प्रहरीका अनुसार २१ गते बिहानको खाना खाएपछि बालिकाकी आमा र छोरी नुहाई,धुवाई गर्न मुगु कणालीमा गएको देखिन्छ अन्दाजी २ बजे तिर घर आएका आमा छोरीले केही समय घरमा र्अर्नी(नास्ता) खाएपछि आमा वेलमती चौलागाईँ गिट्टी कुट निस्किइन भने छोरी छिमेकीको आँगनमा साथीहरूसँग ढाल्ना खेल्न जान्छिन् ।  यति बेलासम्म साँझको अन्दाजी ४ बजी सकेको हून्छ  साथीहरूसँगै खेलिरहेको केही समय पछि लक्ष्मीलाई शौच लागेर बजार भन्दा केही मिटर तल घाट भन्ने ठाउँ तिर शौच गर्न लाग्छिन्। यता प्रतिवादी प्रवेश रावल बजारको एक पसलमा २ वटा रिनटिन चाउचाउ किन्छ, उसको हातमा लोकल एक बोतल रक्सी हुन्छ चाउचाउसङै रक्सी पिउँदै उ पनि लक्ष्मी शौच गर्न गएको ठाउँतिर जान्छ । जब उ लक्ष्मी शौच गरिरहेको नजिक पुग्छ लक्ष्मी हतार हतार शौच गर्न छोडेर उठछिन र स्थानीय भाषामा भन्छिन् 'हग्न लागेको देखिनई, लाज मान्दै नै छारी हग्न बसिया ठाउँ आउन',यती भन्दै गर्दा एक्कासि प्रतिवादी रावलले लक्ष्मीलाई च्याप्प समाउँछ ।

जब बालिका प्रतिवादीको कब्जाबाट फुत्कन कराउन थाल्छिन् रिसले उसले बालिकालाई धकेल्छ ,यसरी धकेल्दा बालिका नदिको छेउ मै रहेका ढुङ्गाहरूमा बजारिन्छिन् र बेहोस हुन्छिन् ।

रक्सी र यौनको उन मातमा रहेको प्रतिवादी रावलको जब बालिका बेहोस हुन्छिन् तब होस आउँछ ,उसले बालिकालाई हल्लाउँछ जति हल्लाए पनि बालिकाका होसमा नआएपछि पोल खोलिने डरले बालिकालाई बेहोस अवस्था मै नदिमा बगाउँछ, जब बालिका नदिमा फालिनछन् उनको होस आउँछ र बचाउन हात हल्लाउँछिन्, प्रतिवादीले पनि बालिकालाई बचाउन पुन नदिमा आधा भिजेर पस्छ बालिकालाई समाउन खोज्दै गर्दा घटना स्थलमाथि गाई, गोरु वा भेडाबाख्रा हिँडेको आवाज सुनेपछि घटनाको पोल खोलिने डरले बालिकालाई नबचाई उ घर तर्फ लाग्छ बाटोमा स्थानीय एक व्यक्तिले यती बेला (५ बजेतिर) किन कणालीमा गई र भिजिस् भन्दा उ माछा मार्न गएको तर नदी छेउमा भेटाइन भिजे मात्र भन्छ । घटना स्थलमा बालिकालाई पर्छादा बालिकाले लगाएको निलो रङका चप्पल खुट्टाबाट फुत्कन्छ भने प्रतिवादीले खादै आएको चाउचाउका पाकेट पनि बालिकालाई समाउँदा प्रतिवादीले घटना स्थलमा छोड्छ । (प्रतिवादीले दिएको बयान र स्थानीयहरूले दिएको सूचनाका आधारमा प्रहरीले बताए अनुसार)

अपराधी नजिक यसरी पुग्यो प्रहरी
२१ गते हराएकी बालिकालाई स्थानीय र कालै प्रहरी चौकीका प्रहरीहरूले २३ गते ६ बजेसम्म खोजी गरे पनि कतै भेटाएनन् सोही दिन अन्दाजी  साँझ ७ बजे तिर प्रहरीलाई खबर आयो बालिकाका शव नदिको रहेका दुई ढुङ्गाको बिचमा अड्कीएको अवस्थामा माछा मार्नेहरूले देखे । खबर पाउन साथ प्रहरी नायव निरीक्षक चित्र बहादुर भट्टराईले घटना स्थल नजिक कै रहेको कालै प्रहरी चौकीमा घटनास्थलको सुरक्षाको लागी प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरी खटाए रात भरी प्रहरीले नदिको छेउमा बसेर बालिकाको लास र ठाउँको सुरक्षा दिए २४ गते बिहानै डिएसपी भट्टराई सहितको टोली घटना स्थल तारापानी घाट पुग्यो । स्थलगत सबै मुचुल्का उठाएर पोस्ट मार्टमका लागी बालिकाको शव जिल्ला अस्पताल मुगुमा लिने व्यवस्था मिलाएर घटनाको थप अनुसन्धान गर्न प्रहरी निरीक्षक नरेश विकको जिम्मा छोडी उनी जिल्ला फर्किए ।

अनुसन्धानको जिम्मा पाएका प्रहरी निरीक्षक विक सहित ८ जनाको टिमले घटना स्थलमा भेटिएका चाउचाउका पाकेटबाट अनुसन्धान शुरु गर्‍यो । तारापानी बजारमा चाउचाउ पाइने २ वटा पसलमा २१ गते साँझ ५ बजेतिर को को ले चाउचाउ किन्न आए भनेर सोधखोज गर्दा एक व्यापारीले प्रतिवादी रावलले २ पाकेट रिन टिन चाउचाउ किनेर लगेको र बालिका लक्ष्मी गएको तिर उ गएको बताए । चाउचाउ किन्न आउँदा उ रक्सी खाएर मातेको थियो भनेर समेत व्यापारीले भने । 

व्यापारीले बताए अनुसार प्रहरीले प्रतिवादी रावललाई खोज्न लाग्यो । गाउँले कै नयाँ बनाउन लागेको घरमा ज्यामी काम गरिरहेका अवस्थामा प्रतिवादीलाई प्रहरीले २४ गते नै नियन्त्रणमा लियो । सुरुमा केही भन्न नमानेको उसले आफूलाई नपिट्ने सर्तमा प्रनि विकलाई देउताको कसम खान लगायो । अनुसन्धान गर्न सजिलो र अपराधी नजिक  छिटो पुग्ने आसमा आफूले कसम खाएको प्रनि विकले बताए उनले भने भगवान्ले पनि मेरो बाध्यता बुझ्नु होला ।

प्रतिवादीले बताए अनुसार सबै प्रमाण मिलेपछि हत्यारा रावल नै भएको भन्नेमा प्रहरी विश्वस्त छ । उसले बताए अनुसार बलात्कार प्रयास पछि हत्या भयो वा बलात्कार पछि हत्या गर्‍यो त्यो भने बालिकाको पोस्टमार्टम रिपोट,भेजिनल स्वाब रिपोर्ट आएपछि पुष्टि हुने पनि प्रहरीले बताएको छ ।

आफन्तले हाले जाहेरी
मृतक बालिकाका बुबा सिद्धिलाल चौलागाईँ घर बाहिर रहेकाले जाहेरी दिने कोही घरका नभएपछि मृतक बालिकाका काका यमलाल चौलागाईँका छोरा धनराज चौलागाईँले २४ गते नै प्रतिवादी विरुद्ध जाहेरी दिएको डिएसपी भट्टराईले जानकारी गराए ।

जाहेरी समेत आएकाले प्रहरीलाई अनुसन्धान गर्न र कानुनी प्रक्रियामा घटना अगाडी बढाउन समेत सहज भएको छ डिएसपी भट्टराईले भने यो घटनामा स्थानीय तथा घरपरिवार र आफन्तहरूले पनि प्रहरीलाई धेरै सहयोग गर्नु भयो प्राय घटनामा आफन्तहरू पन्छिने र घटनाका विवरणहरू लुकाउने,नभन्दिने गर्छन् जसले गर्दा अपराधीको नजिक पुग्न प्रहरीलाई समय लाग्नुका साथै गाह्रो हुने गर्छ ।

भिडियो :

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ