arrow

सशक्त हंगेरीविरुद्ध १९७२ को नजिता दोहोर्‍याउला बेल्जियम

logo
प्रकाशित २०७३ असार १२ आइतबार
Hungary-vs-Belgium-bhet.jpg.jpeg
काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबलमा राउण्ड अफ् सिक्सटिनका खेलहरु भइरहेका छन् । सोमबार विहान पौने १ बजे हंगेरी र बेल्जियम भिड्दै छन् । हंगेरी समूह चरणमा अपराजित रहँदै समूह विजेता बन्दै अकआउट चरणमा पुगेको हो । उसले समूह चरणको पहिलो खेलमा अष्ट्रियालाई २–० ले हराउँदा दोस्रो खेलमा आइसल्याण्डसंग १–१ को बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी पोर्चुगलसंग ३–३ को बराबरी गर्दै समूह विजेता बनेको हंगेरी नकआउट चरण पार गर्दै अन्तिम आठमा पुग्न चाहन्छ । 
 
यस्तै, समूह चरणमा एक खेल हारेर समूह उपविजेता बनेको बेल्जियम समेत अघिल्लो चरण प्रवेश गर्ने प्रयासमा छ । समूहको पहिलो खेलमा कडा प्रतिस्पर्धी इट्लीसंग भिडेको बेल्जियम २–० ले पराजित भयो । दोस्रो खेलमा आयरल्याण्डलाई ३–० ले हराउँदा स्वीडेन विरुद्धको तेस्रो खेल  १–० ले जित्दै नकआउट चरणको यात्रा तय गरेको हो । स्वीडेनलाई समूह चरणबाटै घर फर्काएको बेल्जियम सन् १९८० को इतिहास दोहोर्‍याउन चाहन्छ ।
 
सन् १९८० मा इट्लीले आयोजना गरेको युरोकप फुटबलमा बेल्जियम फाइनलमा वेष्ट जर्मनीसंग हार्दै उपविजेता बनेको थियो । त्यसअघि बेल्जियम सन् १९७२ मा आफैले आयोजना गरेको युरोमा बेल्जियम तेस्रो भयो । सन् २००० मा नेदरल्याण्ड्ससंग मिलेर संयुक्त आयोजना गरेका बेल्जियमले प्रगति गर्न सकेन । 
 
फिफा बरियतामा हाल दोस्रो स्थानमा रहेको बेल्जियम सन् २०१५ नोभेम्बर देखि मार्च २०१६ सम्म शीर्ष स्थानमा रहयो । इडेन हाजार्ड, रोमेलु लुकाकु, केविन डे ब्रायन, यानिक कारास्को, थोमस भर्मालिन जस्ता विश्व चर्चित खेलाडी रहेको टोली निकै बलियो मानिएको छ ।  सन् १९८६ को विश्वकप फुटबलमा चौथो भएको बेल्जियमले सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनल सम्मको यात्रा तय गरेको थियो ।  
 
पुरानो महारथी हंगेरी 
तत्कालिन फुटबल महारथी हंगेरी सन् १९६४ र १९७२  दुई पटक सहभागिता जनाउँदा युरोकपको सेमिफाइनल सम्मको यात्रा गरेको थियो । १९६४ मा तेस्रो हुँदा १९७२ मा चौथो भयो । हाल फिफा वरियतामा २०औं स्थानमा रहेको यो टोली २०१० अप्रिलमा १८ औं स्थान सम्म पुगेको थियो । विश्व फुटबलबाट एकाएक ओझेलमा परेको यो टोली दशकौं पछि फेरी अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमन गरेको हो । यसपटको युरोको समूह चरणमा शानदार प्रदर्शन गरेको हंगेरीमा क्रिसजियन, डेनियल बोडे, गावेर, किराय, रिचार्ड गुजमिक, रोनाल्ड ग्युचुहास, जोल्टन गेटा भरपर्दा खेलाडी छन् । 
 
हेड टू हेड 
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, युरोपियन च्याम्पियनसिप र विश्वकप फुटबलमा हाल सम्म भएका १२ भिडन्तमा बेल्जियमले ८ खेल जित्दा हंगेरीले २ खेल जितेको छ । दुई खेल बराबरी भएका छन् । सन् १९८२ को विश्वकप भेट बराबरी हुँदा १९८४ को मैत्रीपूर्ण खेल समेत बराबरीमा सकियो । अन्य मैत्रीपूर्ण खेलहरु भने अधिकांश बेल्जियमको कब्जामा रहे । यी दुईबीच युरोकपमा भेट भएको भने यो दोस्रो पटक हो । यसअघि सन् १९७२ मा यी दुईबीच भेट भएको थियो । जुन खेल बेल्जियमले २–१ ले जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ