arrow

थप ३ सय ६७ मा संक्रमण पुष्टि

logo
रासस,
प्रकाशित २०७७ चैत २९ आइतबार
covid-test-positive-corona_1618150029.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि भएको छ । उक्त अवधिमा तीन हजार १२५ मा पिसीआर परीक्षण र ६९० मा एन्टिजेन परीक्षण भएको थियो । 

पिसीआर विधिबाट परीक्षण गरिएका ३०३ र एन्टिजेन परीक्षण गरिएका ६४ गरी ३६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यसमध्ये उपत्यकामा मात्रै १५४ मा संक्रमण देखिएको छ ।

आइतवार १४१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । संक्रमणबाट मुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत छ । मुलुकभरि आइसोलेशनमा रहेका ८९ मध्ये १५ भेन्टिलेटरमा छन् । 

बिहीबारदेखि आइतवारसम्म १४ हजार ७३४ पिसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । जसमा एक हजार २६० मा संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा ४९८ संक्रमण मुक्त भएर घर फर्किएका छन् । 

आइतवार सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ९६१ छ । संक्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण प्रयोग गर्न अनुरोध गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ