arrow

कोरोनाको दोस्रो लहर : झापा दमकका एक वृद्धको मृत्यु

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ चैत ३० सोमबार
province-1-corona.jpg

झापा । कोरोना संक्रमणका कारण झापा जिल्लाको दमक नगरपालिकाका एक वृद्धको मृत्यु भएको छ । विराटनगरको कोसी अञ्चल अस्पताल कोभिड १९ उपचार केन्द्रमा उनको मृत्यु भएको हो । आइतबार राती उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपश्चात् वृद्धलाई गत चैत २५ गते कोशी अञ्चल अस्पताल कोभिड- १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो। । कोरोना पोजेटिभ देखिए पश्चात् सङ्क्रमित वृद्धसहित उनका अन्य चार जना आफन्त पनि अस्पताल भर्ना भएका थिए ।

मधुमेहका रोगी वृद्धको उपचारका क्रममा आइतबार राति करिब १२ बजे मृत्यु भएको उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतले जानकारी दिएका छन् । कोरोना सङ्क्रमणका कारण मृत्यु भएका वृद्धको शव आइतबार राती नै आफन्तको जिम्मा लगाइएको उनले बताए । उनका अनुसार कोसी कोभिड अस्पतालमा हाल २ जना कोरोना सङ्क्रमित उपचाररत छन् ।

केही दिन अघिसम्म अस्पतालमा बिरामी थिएनन् । तर कोरोनाको दोस्रो लहर सुरु भएसँगै बिरामी आउन थालेका छन् । कोरोनाका कारण हाल सम्म दमकमा मात्रै ३६ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ