एजेन्सी। अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। कोपा अमेरिकाको फाईनलमा पराजित भएपछि अर्जेन्टिनी मिडिया
टिवाईसी स्पोर्ट्सलाई अन्तरवार्ता दिने क्रममा उनले उक्त कुरा बताएका हुन्।
अर्जेन्टिनी फुटबल सँघसँगको सम्बन्ध राम्रो नरहेका मेस्सीले फाईनलमा हारेपछि सन्यासको घोषणा गरेका हुन्। उनका प्रशंसकहरुले भने उनले आफ्नो निर्णय फिर्ता गर्ने विश?वास गरेका छन्।
कोपा अमेरिकाको फाईनलमा मेस्सीले पेनाल्टीमा गोल गर्न सकेका थिएनन् र अर्जेन्टिना पराजित भएको थियो।