arrow

मेस्सीले जिताए बार्सिलोनालाई कोपा डेल रेको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
barcelona-copa-del-rey.jpg

काठमाडौं । स्पेनिश कोपा डेल रे को फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको १२ मिनेटभित्र बार्सिलोनाले चार गोल गर्दै च्याम्पियन बनेको हो ।
बार्सिलोनाले अहिलेसम्म कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको छ ।

बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेता बनेको छ । दुई साता अघि सन् २०१९–२० को कोपा डेल रेको फाइनलमा बिल्बाओ रियाल सोसिडाडसँग १–० गोल अन्तरले पराजित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ