arrow

विज्ञापन गर्नेले काठमाडौं महानगरपालिकालाई कति कर तिर्नुपर्छ ? (विवरण सहित)

logo
प्रकाशित २०७३ असार १३ सोमबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg
काठमाडौं। काठमाडौं महानगरपालिकालाई कर विज्ञापन कर नतिरेको भन्दै महानगरले केही दिन अगाडि मात्रै १५ वटा कम्पनीलाई काठमाडौं महानगरपालिकाले पत्र काट्दै यथाशक्य चाँडो कर तिर्न चेतावनी सहितको पत्र पठाएको छ। पटकपटक ताकेता गर्दा पनि कर नतिरेपछि अब कडा रूपमा प्रस्तुत हुन लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ। 
 
महानगर क्षेत्रभित्र बसेर विज्ञापन गर्ने तर कर भने नतिर्नेहरूलाई महानगरले अब कालो सूचीमा राख्ने तयारी समेत गरिरहेको महानगर सम्बद्ध स्रोतले जानकारी दिएको छ । तर नेपालको दोहोरो कर प्रणालीको कारणले कतिपयमा आफूले महानगरपालिकालाई कर तिर्नु पर्छ या त पर्दैन ? र तिर्नपर्ने हो भने कति तिर्नुपर्छ भन्ने थाहा नभएर पनि कर नतिरेको हुनसक्छन्। 
 
तर विज्ञापनको सवालमा कुरा गर्ने हो भने कतिपयमा विज्ञापन एजेन्सीले तिर्ने हो कि आफूले तिर्नुपर्ने हो भन्ने समेत थाहा नभएको केही विज्ञापनकर्ता कम्पनीहरूले गुनासो गर्ने गरेका छन् । तर कतिपय भने एजेन्सीको अटेरीको कारण महानगरपालिकाको आँखाको तारो बनिरहेको हुनसक्ने आकलन समेत महानगरपालिकाले गरेको छ। 
 
आखिर काठमाडौं महानगरपालिकालाई कस्ता वित्रापन दाताले कति विज्ञापन कर तिर्नुपर्छ त ? महानगरपालिकाले सवारी साधनमा गरिने विज्ञापन र साईनबोर्ड, ग्लो साईनबोर्ड लगायतको गरी दुई शीर्षकमा विज्ञापन करलाई विभाजन गरेको छ। जसअन्तर्गत् १२ वटा उपशीर्षक र सवारी साधनमा गरिने विज्ञापनमा ५ वटा उपशीर्षकमा करको दर तोकेको छ। कस्तो प्रकृतिका विज्ञापनले कति कर तिर्नुपर्छ त ? यसको लागि तल विवरणमा उल्लेख गरिएको छ। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ