arrow

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, कुलप्रसाद केसीको नाम प्रस्ताव 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
mukya matri.jpg

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश सभा सदस्य रिना नेपाल विकले जानकारी दिएकी छन्।

४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको छ। लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन्। बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ।

जसमध्ये नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १७ र जसपा नेपालका ६ सांसद छन्। जनमोर्चाका १ जना सांसद छन्। माओवादी केन्द्र छोडेर एमालेतिर लागेका दुई  जना सांसदको पद खारेज भएको छ।

यता, सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन्। तर एमालेभित्र केपी ओली र माधव नेपाल पक्षबीच एकता नरहेकाले फ्लोर क्रस हुने खतरा छ।

यद्यपि, मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन सक्ने उनी निकट सांसदहरूले दाबी गरेका छन्। किनकि विश्वासको मत लिन पोखरेललाई तीन जना सांसद आवश्यक रहेकाले उनले जसपाका तीन र जनमोर्चाका एक सांसदको समर्थन पाउने दाबी गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ