arrow

मुख्यमन्त्री माथि अविश्वास फालेका बने मन्त्री

कसले कुन मन्त्रालय पाए ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
lumbini-province-oath.jpg

बुटवल। मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका चार सांसदले मन्त्रीको शपथ लिएका छन् ।  जनता समाजवादी पार्टीका सांसदहरूले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेसँगै मन्त्रालय पाएका हुन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय बहादुर यादव, सन्तोष कुमार पाण्डे, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले मन्त्री पदको शपथ लिएका हुन्  । उनीहरूलाई लुम्बिनी प्रदेश प्रमुखले शपथ ग्रहण गराएका छन् ।

जसपा सांसद सन्तोष कुमार पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय पाएका छन् । विजय बहादुर यादवले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।  अर्का  कल्पना पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेकी छिन् ।  सुमन शर्मा रायमाझी भौतिक तथा राज्यमन्त्री बनेका छन् ।  
 
साथै लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । उद्योग बन तथा वातावरण मन्त्री रहेका लीला गिरि आन्तरिक मामिला तथा कानुन मन्त्रालय गएका छन् ।  भौतिक पूर्वाधार तथा विकास मन्त्री वैद्यनाथ चौधरी आन्तरिक तथा आर्थिक ग्रामीण सहरी विकास मन्त्री बनेर मन्त्रालय गएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ