arrow

पहिलो पटक 'ओस्कार अवार्ड' जित्ने चिनियाँ महिलालाई चीन सरकारको बेवास्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
oscar-winner-chinese.jpg

काठमाडौं । ३९ बर्षीया चिनियाँ मूलकी नागरिक क्लोई झाओले आइतबार लस एन्जलसमा इतिहास रचिन् । उनी उत्कृष्ट निर्देशकको ओस्कार अवार्ड जित्ने पहिलो एसियाली महिला बनिन् भने दोस्रो एसियाली व्यक्ति बनिन् ।

यसबाहेक उनले चलचित्रका लागि उत्कृष्ट फोटोको अवार्ड समेत हात पारिन् । सन् २०२० मा कोभिड१९ को महामारीकै क्रममा झाओको निर्देशनमा रहेको  ‘नोम्याडल्यान्ड’ फिल्म प्रदर्शन भएको थियो । यसै फिल्मबाट उनले इतिहास रचेकी हुन् ।

चलचित्र जगतमा एसियाकै लागि गर्व गर्ने विषय बनेकी झाओलाई चिनियाँ कम्युनिस्ट पार्टीले भने बेवास्ता गरेको छ । सन् १९६९ देखि अस्कर अवार्डको समारोहलाई प्रत्यक्ष प्रसारण गर्दै आएको टिभीबीले झाओको समारोह प्रसारण गरेन ।

सि चिनफिङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार विभागको आदेश अनुसार झाओले अवार्ड जितेको समारोह प्रसारण नगरिएको हो ।

यति मात्रै हैन चीनको चर्चित सामाजिक सञ्जाल विबोमा समेत उनका पोष्टहरु हटाइएका छन् । यतिसम्मकी क्लोई झाओ सर्च गर्दा कोभिड१९ विरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी र अन्य व्यक्तिहरु देखिइरहेका छन् ।

छुटफुट सामाजिक सञ्जालमा सेयर भइरहेका भिडियो क्लिपका माध्यमबाट केही चिनियाँ सर्वसाधरणहरुले झओलाई बधाई दिन र उनले इतिहास रचेको पल हेर्न पाइरहेका छन् ।

सन् २०१३ मा फिल्ममेकर पत्रिकामा अन्तर्वार्ता दिँदा झाओले आफ्नो वरिपरि झुटै झुट भरिएको भन्ने शब्दले चीन सरकारको आलोचना भएको कुरा सीसीपीको मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको थियो ।

यो कुरालाई हतियार बनाएर चीन सरकारले ओस्कार अवार्डमा एसियालीहरूकै लागि इतिहास रच्ने क्लोई झाओमाथि सामाजिक सञ्जालमा बदनाम गरेको देखिन्छ । यसले चीन सरकारको नीतिलाई छरपस्ट पारिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ