काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नाम लिदै आफुहरुलाई विदेश पठाई दिन्छु भनि लाखौ रकम कुम्ल्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका घर भै हाल कामपा स्वयम्भु ठुलो भर्याङ्ग बस्ने सुदिप खत्रीले जे आर बताउने जगत क्षेत्री ( जुठे राउत क्षेत्री ) मार्फत आफुहरुलाई दुबईस्थित एक फाइब स्टार होटेलमा काम मिलाई दिन्छु भनि दुई वबर्ष अघि प्रतिव्यक्ति तीन लाखका दरले रकम लिएर हाल सम्म काममा नपठाएको भन्दै उजुरी परेको हो ।
पीडितले कि छिटो विदेश पठाई देऊ, कि पैसा फिर्ता गर भन्दा आफु अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखको निकटको र पहुँचवाला व्यक्ति भएको भन्दै कतै उजुर बाजुर गरे मार्ने धम्कि दिने गरेकोले दोषीमाथि कारबाही गरि रकम असुल उपर गरि पाऊ भनि अख्तियारमा उजुरी दर्ता भएको छ ।
आफ्नो जिउधनको रक्षाको खातिर नाम गोप्य राखिदिन अनुरोध गर्दै परेको उजुरीमा सुदिप खत्री र जे आर बताउने जगत क्षेत्री (जुठे राउत क्षेत्री )ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसग आफ्नो नजिकको सम्बन्ध भएकाले कँही कतै उजुर बाजुर गरे आजीवन जेलमा कोचिदिने धम्कि दिएको समेत उल्लेख गरिएको छ ।