arrow

शनिले हनुमानलाई युद्धको चुनौती दिएपछि

हनुमानसँग जोडिएको शनिको कथा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
Lord-Rama-Giving-Blessing-To-Lord-Hanuman.jpg

काठमाडौँ । सूर्य पुत्र शनिलाई कर्मफलका दाता मानिन्छ । सूर्यदेवका पुत्र भएर पनि शनिदेवको सम्बन्ध बाबुसँग राम्रो थिएन । त्यसै कारण शनिलाई पितृ शत्रु पनि मानिन्छ । शनि देवलाई आफ्नो प्रभुत्वको धेरै अभिमान थियो। देवता-दानव र ऋषि-मुनीहरू पनि शनिको प्रकोपबाट भयभीत रहन्थे कुनै पनि अनिष्ट नहोस् भनेर ।

एक पटक शनि आफ्नो प्रभाव जताउनका लागि राम भक्त हनुमान भएको ठाउँमा पुग्छन् । सो समय हनुमान भगवान् को नाम सुमिरण गरिरहेका थिए । शनि देव हनुमान बसेको स्थानमा पुगेर उनलाई मल्ल-युद्धको लागि  चुनौती दिन थाले। जब शनिले पटक पटक उनलाई युद्धको लागि उत्तेजित गरे तब हनुमान भन्छन्, 'शनिदेव ! कृपया मलाई भगवानको भजन गर्न दिनुहोस् । तपाईँले युद्ध गर्नको लागि धेरै देव दानव छन् तपाई उनीहरूसँग गएर युद्ध गर्नुहोस् ।'

तर हनुमानको यस विनम्रतालाई शनिले विपरीत भावमा लिए । शनिदेवले सम्झिए सायद हनुमान कमजोर छन् र मसँग भयभीत भए। यस कारण शनि देव हनुमानलाई अझ धिक्कार्न थाले । शनिको यस धृष्टतालाई देखेर हनुमान पनि शनिलाई ललकार्दै उनीसँग युद्ध गर्न थाले ।

हनुमानजीसँग नामको भरोसा थियो। शनिले आफ्नो खुब तागत लगाए, तर नाम सुमिरण गर्ने हनुमानको अघि उनको केही सिप चलेन । आफ्नो  पुच्छरमा शनिलाई कसेर, हनुमानजीले एक पहाडबाट अर्को पहाड, एक पर्वतबाट अर्को पर्वत बजार्दै कुद्न थाले । शनि साह्रो-साह्रो कराउन थाले तथा हनुमानसँग क्षमा याचना गर्न थाले ।

शनिले दयाको भीख माग्दै र दुःखले कराउँदै गरेको देखेर हनुमानमा करुणा जाग्यो। उनले शनिलाई सोधे-'पहिले तिमि बचन देऊ कि अब कहिले पनि तिमि भगवानको नाम-सुमिरण गर्ने वाला भक्तलाई कुनै प्रकारको कष्ट दिने छैनौ , तब म तिमिलाई क्षमा गर्नेछु।'

शनिले हनुमानसामु वचन दिए, तब उनले क्षमा गरे, मुक्त गरे । शनिको हड्डी-छाला उप्किएको थियो । घटनामा अधिक चोट लागेकाले रगत निस्किरहेको थियो । यस कारण शनिले हनुमानसँग आफ्नो लागि केही तेल मागे, जसलाई लगाएर मालिस गरेसँगै उनी तत्काल ठिक भए। यसपछि शनिदेवको पूजामा शनिलाई तेल दिने गरिन्छ ।

शनि ग्रहको सम्बन्धमा धेरै भ्रमहरू छन्, त्यसैले अशुभ र दुःखी मानिन्छ। ज्योतिषीहरू पनि उनलाई दुख दिने चित्रण गर्छन् । तर शनि भनिएको जस्तो अशुभ र घातक भने छैनन् । यस कारण उनलाई शत्रु नभएर मित्र मान्न सकिन्छ ।

शनिले प्रकृतिमा सन्तुलन सिर्जना गर्दछन् र हरेक जीवितलाई उचित न्याय प्रदान  गर्दछन्। जसले अनुचित असमान र अप्राकृतिक पक्षलाई शरण दिन्छन्, शनिले मात्र उनीहरूलाई सताउँछन्, यातना दिन्छन्। शनि अनुराधा नक्षत्रका स्वामी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ