arrow

निषेधाज्ञा अवज्ञा गरे के कारवाही हुन्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
lockdown-ktm-1619677891.jpg

काठमाडौं । देशभर कोरोना भाइरसको संक्रमण बढेपछि हटस्पट मानिएका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।
सरकारले स्वास्थ्य सम्बन्धी बनाएको मापदण्ड लागू नभएपछि कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लागू गरेको जनाएको छ ।

निषेधाज्ञाको समयमा के गर्न पाइने र के नपाइने भनेर सरकार तथा जिल्लास्थित प्रशासन कार्यालयहरुले मापदण्डहरु  तयार गरेका छन् । यदि सरकारले तोकेका मापदण्ड पूरा गरेन भने के सजाय हुन्छ भन्नेबारे धेरै मानिसहरु अन्योलमा छन् ।

तर काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यो निषेधाज्ञा अवज्ञा गर्नेलाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही हुने बताउँछन् । उनले भने, ‘जारी निषेधाज्ञा संक्रमित रोग नियन्त्रण गर्न बनाएको हो, त्यसैले सोही अनुसार कारवाही हुन्छ ।’

संक्रमण रोग ऐन २०२० बमोजिम संक्रमित रोग देशमा फैलिएको बेला सरकारले जारी गरेको आदेश पालना नगरे एक महिना कैद र एक सय रुपैंया जरिवाना वा दुवै सजाय गर्न सकिने प्रावधान छ ।

यसैगरी संक्रामक रोग ऐनमा काममा बाधा पुराउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै उता, स्थानीय प्रशासनको आदेशमा निषेधाज्ञा जारी हुने भएकाले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम पनि कारवाही हुनसक्ने भनिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय दिन सक्ने व्यवस्था छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ