arrow

पूर्ण र आशिंक गरी १८ जिल्लामा निषेधाज्ञा जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
lockdawan-final.jpg

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणको गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै लगाइएको निषेधाज्ञा १८ जिल्लामा जारी गरिएको छ ।

कोरोना संक्रमणको गति बढ्दै गएपछि देशभरका ७७ जिल्ला मध्ये बिहीबारसम्म १५ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आशिंक निषेधाज्ञाको आदेश जारी गरिएको हो ।

गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रहसमेत गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बिहीबारसम्म १५ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आशिंक निषेधाज्ञा जारी गरिएको छ ।

जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा, कास्की, सुर्खेत, चितवन, पाल्पामा, कञ्चनपुर, सल्यान र सुनसरीमा पूर्ण रुपमा जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

कास्कीमा निषेधाज्ञा भएपनि जोरविजोर लागू गरिएको छ । अन्य जिल्लाहरुमा जिल्लाभर पूणर् रुपमा नीजि तथा सार्वजनिक सवारी साधनहरु संचालनमा रोक लगाइएको छ । सल्यानमा १९ बैशाखबाट निषेधाज्ञा लागू हुनेछ । यस्तै सुनसरी पाल्पा र दाङमा भोलीबाट निषेधाज्ञा सुरु हुने गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमणको अवस्थालाई हेरेर स्थान तोकेर नै आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ । गत सोमबार बसको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसलाई स्वीकृत गर्दै निषेधाज्ञाको निर्णय गर्ने अधिकार जिल्ला प्रसासन कार्यालयहरुलाई दिएको थियो । सोही अनुसार जिल्ला प्रसासन कार्यालयमार्फत जिल्लाहरुमा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ