arrow

राष्ट्रिय आईसीटी दिवस मनाइँदै, नागरिक एप सार्वजनिक गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
IT day.png

काठमाडौं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी)दिवसका रुपमा मानिदै आएको मे २ अर्थात आज(आइतबार) पनि सरकारले आईसीटी दिवस मनाइँदै छ । 

समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिती हुने कार्यक्रम रहेको छ ।

कोभिड–१९ को माहामारीका कारण भर्चुल रुपमा भइरहेको कार्यक्रमको मुख्य समारोह भने सुचना तथा प्रविधि मन्त्रालयको सभाहलमा भइरहेको छ । अन्य व्याक्तिहरुले जुम मार्फत भर्चुअल रुपमा कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।

गत बर्ष पनि कोभिड–१९ को माहामारी कारण आईसीटी दिवस भर्चुअल रुपमै मनाइएको थियो । आइतबार बिहान ११ बजेदेखि भर्चुअल रुपमा सुरु भएको कार्यक्रममा प्रविधि क्षेत्रमा योगदान दिने संस्थाहरुलाई पुरस्कृत समेत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै सरकारले यसअघि नै बेटा भर्सन सार्वजनिक गरेको नागरिक एपको फुल भर्सन पनि आज सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ