arrow

सांसद वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै एमालेलाई धक्का, बहुमत पुर्‍याउन सकस

logo
नारायण वली
प्रकाशित २०७८ वैशाख १९ आइतबार
bimal final11.jpg

रुपन्देही । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३(२)बाट उपनिर्वाचनबाट विजयी प्रदेशसभा सदस्य विमला वलीले नेकपा माओवादी केन्द्र रोजेसँगै लुम्बिनी प्रदेश सरकार नयाँ मोडमा पुगेको छ ।

जसका कारण काम चलाऊ मुख्यमन्त्री शङ्कर पोख्रेल पुनः मुख्यमन्त्री बन्न सक्ने सम्भावना न्यून देखिएको छ । सांसद वलीको माओवादी केन्द्र प्रवेशले एमालेको एकल बहुमतको सरकार बनाउने सम्भावना टरेको हो ।

सर्वोच्च अदालतको आदेशपछि नेकपाका नेता कार्यकर्ताहरूलाई पुराना दल एमाले र माओवादी केन्द्र मध्ये एक रोज्ने अधिकार रहेकोमा सांसद वलीले माओवादी केन्द्र रोजेको सांसद बलिद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

अब भने, काम चलाऊ मुख्यमन्त्री पोख्रेललाई पुनः मुख्यमन्त्रीमा नियुक्ति गर्ने सम्भावना ‘रातो बत्ती’ बल्न पुगेको छ । सांसद वलीको दल परिवर्तन कदमले माओवादी केन्द्रको नेतृत्वको सरकार बन्ने अट्कलवाजी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ