arrow

पोखरेललाई फेरि मुख्यमन्त्री बन्न विमला भइन तगारो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
shankar-pokh.jpg

काठमाडौं । लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेललाई पुनः मूख्यमन्त्री हुन बाधा उत्पन्न भएको छ । आफ्नै समूहकी सांसद विमला वली खत्री माओवादी केन्दमा प्रवेश गरेपछि उनलाई दोस्रो पटक मूख्यमन्त्री हुन बाधा उत्पन्न भएको हो ।  

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वली खत्रीले बक्तब्य निकालेर माओवादी केन्द्र  प्रवेश गरेको बताइकी छिन् । विहानसम्म सम्पर्कमै रहेकी वली संसदीय दलको बैठक शुरु भएपछि सम्पर्कविहिन भएकी थिइन ।

उनी माओवादी केन्द्रमा प्रवेश गरेपछि एमालेको बहुमत नपुग्ने भएको छ । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।

वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइएको छ । वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार एमालेबाट निर्वाचित भएका थिए ।

सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा विमला नेकपाबाट विजयी भएकी थिइन् । वलीले माओवादी रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विहान राजीनामा दिएका थिए ।

एमालेले संविधानको धारा १६८(१) अनुसार एकल बहुमतको सरकार बनाउन दावी पेश गरेको छ । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय भएपनि ६ जना प्रदेशसभा सदस्य पदमुक्त भएकाले ४१ सांसद भएको आफ्नो दलको एकल बहुमत पुग्ने भएकाले सरकार बनाउनुपर्ने एमालेको दाबी थियो ।

तर वलीको माओवादी प्रवेशले त्यो दावी कमजोर भएको छ । उनी एमाले ओली समूहबाट केही दिन अघि मात्रै अनेमसंघ दाङ जिल्ला कमिटी सदस्यमा मनोनयन भएकी थिइन । लुम्बिनीमा एमालेको बहुमत नपुगेपछि तत्कालै पार्टीको स्थायी कमिटी बैठक राखिएको थियो । स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेटन शितल निवास पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ