arrow

लुम्बिनीका सांसदको आरोप: पोखरेलले हस्ताक्षर दुरुपयोग गरे

मुख्यमन्त्री पोखरेलले सत्ताको चरम दुरुपयोग गरेर फोहोरी खेल खेले

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख १९ आइतबार
lumbini-bipa6e.jpg

काठमाडौं । नेकपा माओवादीकी नेतृ तथा लुम्बिनी प्रदेश संयोजक ओनसरी घर्तीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सांसदको हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएकी छन् । 

मुख्यमन्त्री पोखरेलले आफ्नो पुनर्नियुक्तिका लागि प्रदेश सांसदहरूको हस्ताक्षर दुरुपयोग गरेको पूर्व सभामुखसमेत रहेकी नेतृ घर्तीले आरोप लगाएकी हुन् । 

पोखरेलले मुख्यमन्त्री बन्नका लागि पेश गरेको हस्ताक्षरमा प्रदेशसभा सदस्य धर्म बहादुर लाल श्रीवास्तवकोसमेत हस्ताक्षर छ । तर उनले आफूले पोखरेललाई समर्थनका लागि हस्ताक्षर नगरेको बताए । 

उनले आफू स्वतन्त्र राजनीतिक समूहमै रहेको भन्दै आफ्नो हस्ताक्षरको दुरुपयोग भएको भनेका छन् । उनी कपिलवस्तु २ ‘ख’ बाट विजयी प्रदेश सांसद हुन् ।

प्रदेश सांसद अजय शाहीले पनि आफ्नो समर्थन पोखरेललाई नभएको बताएका छन् । पोखरेलले बुझाएको हस्ताक्षरमा उनको समेत नाम समावेश छ । उनी नवलपरासी १ ‘ख’ बाट विजयी सांसद हुन् ।

पोखरेल मुख्यमन्त्रीमा पुनर्नियुक्त भएसँगै एमाले सांसद दुर्गानारायण पाण्डेले एमालेबाट राजीनामा दिएको घोषणा गरिसकेका छन् ।

लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्रसहितका विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलले सत्ताको चरम दुरुपयोग गरेर फोहोरी खेल खेलेको भन्दै मुख्यमन्त्रीमा गरिएको पुनर्नियुक्ति बदर गर्न मागसमेत गरेका छन् । 

सरकार विरुद्धको सो गठबन्धनले बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउँदै नयाँ मुख्यमन्त्रीमा दाबीसमेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ