arrow

मुख्यमन्त्री पोखरेललाई विपक्षीको प्रश्न - 'कति दिन संसद्‌बाट भाग्नु हुन्छ ? हेरौँला'

logo
नारायण वली,
प्रकाशित २०७८ वैशाख २० सोमबार
shankar-pokhrel-1620027845.jpg

रुपन्देही । नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अल्पमतमा परेका मुख्यमन्त्री शङ्कर पोखरेललाई प्रश्न गरेका छन् ।

विपक्षी गठबन्धनले सोमबार (आज) बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेसका संसदीय दलका नेता कनौडियाले अल्पमतमा परेका मुख्यमन्त्री  प्रश्न गर्दै भने, कति दिन संसद् बाट भाग्नु हुन्छ ? कुनै दिन नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने होला ? त्यति वेला हेरौँला ।

आइतबार लुम्बिनी प्रदेशमा भएको राजनीतिक तरलताले अझै निकास पाउन सकेको छैन ।  ४२ जना सांसदहरूको हस्ताक्षर सहित प्रदेश प्रमुखलाई दाबी पेश गर्दा पनि ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पदमा नियुक्त गर्नु लोकतन्त्रको ठाडो उपहास ठहर गरेको छ ।

पत्रकार सम्मेलनमा विपक्षी गठबन्धनले अल्पमतमा रहेको दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र शपथ गराइएको घटनाको कानुनी र राजनीतिक लडाई लड्ने उद्घोष गरेका थिए ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ