arrow

निषेधाज्ञाको समय तानसेनमा खानेपानीको चरम अभाव

पिउनलाई त छैन पानी कसरी धुने हात

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
water-sanitation.jpg

पाल्पा । निषेधाज्ञाको समयमा तानसेनमा खानेपानीको समस्या तानसेनवासीले खेप्नु परेको छ । पछिल्लो समय तानसेनमा खानेपानीको विकराल समस्या छ । यही समस्याका कारण गएको शुक्रवार रातीदेखि जिल्लामा जारी निषेधाज्ञाको पनि पूर्ण पालना हुन सकेको छैन । 

उपभोक्ताहरू  कोरोना कहरका कारणले शुक्रवार देखि  प्रशासनले जारी गरेको निषेधाज्ञालाई खानेपानी समस्याका कारण बेवास्ता गर्न बाध्य वनेका छन् । विद्युतीय प्रणालीमा आधारित यहाँको खानेपानी समस्या विगत देखिकै हो तर पछिल्लो समयमा यसले सीमा पार गर्न थाले पश्चात् झन् बढेर गएको हो । मानिसको जीवनसँग जोडिएको खानेपानी नै नभए पछि तानसेनवासी कोरोनाका डरभन्दा  पनि बढी पिरोलिएका देखिन्छ।

 यहाँका कतिपय टोलमा दुई साता भन्दा बढी भयो पानी आएको छैन । जसका कारण यहाँ रहेका ढुङ्गे धाराहरूमा दिउसो मात्र होइन राती पनि भिड देखिन थालेको छ ।  यहाँका वर्षौँ पुराना मूल तिन धारा, होलाङ्दी,नारायण स्थान, सिन्दुरे आदी मूल मात्र होइन टाढा टाढाबाट पानी बोकेर पिउनुपर्ने बाध्यता नगरवासीले भोगेका छन् ।

जिल्ला सदरमुकाम तानसेनमान दैनिक १० लाख लिटर भन्दा बढी पानी खपत हुने गर्दछ । पानीको चरम  अभाव भएपछि सार्वजनिक   धारामा कतिखेर पानीको पालो  आउँछ भनेर स्थानीयको भीड लाग्ने गरेको हो  । यहाँ उपभोक्ताहरू कोरोनाको प्रवाह नै नगरी लाइनमा बस्ने र ठेलमठेल समेत गर्ने भएकाले धाराहरू कोरोना सर्न माध्यम त बन्ने होइन भन्ने चिन्ता थपिएको छ । लाइनमा रहनेहरूले मास्क र सामाजिक दूरी कायम नगरेको कारण यस्तो देखिएको हो । खास गरेर बालबालिकाहरूमा यस्तो प्रवृत्ति छ । 

लामो समयदेखि  पानी नआए पछि कतिपयले जारको पानी उपयोग गरेका छन् भने कतिले ट्याङ्करको । पानीको अभाव हुँदा निकै समस्या र सास्ती भोग्नु परेको होटेल व्यवसायी जीवलाल सुवेदीले गुनासो गरे । 

 उपभोक्ता मिना थापाले  घण्टौँ लगाएर नजिकैको सार्वजनिक धारामा खानेपानीको जोहो गर्नुपर्ने बाध्यता  सुनाइन् । खानेपानी समस्याका कारण कोरोनाको कुनै पनि प्रवाह नगरी महिला र बालबालिकाले लामो समयदेखि सास्ती भोग्दै आएको  उनको दुखेसो छ  ।

पानीको समस्याबाट मुख्य गरेर कोठा भाँडामा लिएर बस्दै आएका र कर्मचारी बढी पीडित वनेका   छन् । ‘यहाँ कोरोनाको चिन्तासँगै खानेपानीको चिन्ताले बढी सताउन थालेको छ उपभोक्ता सविता जिसीले भनिन् –‘कोरोनाबाट बच्नका लागि साबुन पानीले हात पटक–पटक धुन अनुरोध गरिन्छ, तर हामीलाई पिउने पानी नै छैन, कसरी धुने हात ?’उनले उल्टै प्रश्न तेर्साइन्  ।

धारामा दुई हप्तादेखि पानी नआएपछि यहाँका स्थानीयहरू तानसेनका सार्वजनिक धाराहरूमा पानी लिनका लागि भीड लाग्ने गरेको  छ । तानसेनको नारायण स्थान, होलादी, तीन धारा लगायतका सार्वजनिक धाराहरूमा बिहानैदेखि रातीसम्म पानी भर्नेहरूको ठुलो भिडभाड लाग्ने गरेको देख्न सकिन्छ । 

उपभोक्ताका अनुसार वैशाख लागेसँगै तानसेनमा खानेपानीको अभाव बढेर गएको हो  । असमान वितरण प्रणाली, समयमा मोटरहरूको मर्मत सम्भार नहुनु, सुख्खा मौसमसँगै नजिकका मूलहरू सुक्दै जाने समस्याका कारण तानसेनमा पानीको अभाव भएको जानकारहरू वताउँछन  ।

 केही हप्ता अघि तानसेनमा काली गण्डकीको खानेपानी झरिसकेको बताइए पनि अहिले सम्म उपभोक्ताको घरसम्म पुगेको छैन । उता उपभोक्ता समितिले भने खानेपानीको मोटर बिग्रेको र केही दिन यता मोटर बिग्रेका कारण खानेपानीको समस्या आएको र अव बिस्तारै सहज हुँदै जाने बताएको छ । 

तानसेन खानेपानी उपभोक्ता समितिका सचिव केशवलाल पौडेलले यहाँ पानी तान्नका लागि प्रयोग गरिने मोटरमा समस्या आएको कारण पानी नियमित हुन नसकेको जानकारी दिए । उनले भने भुल्केको मोटर बिग्रियो पहिला बनाउने प्रयास गर्‍यो तर नबने पछि नयाँ राखेका छौँ अव आउँछ । उनले अबको तिन दिन भित्र पहिलेको तालिका अनुसार नै तानसेनमा खानेपानी वितरण हुने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ