arrow

लुम्बिनीका ३८ पत्रकारमा संक्रमण, प्रदेशका ६ जिल्लामा पत्रकारले बनाए आइसोलेसन

logo
नारायण वली,
प्रकाशित २०७८ वैशाख २६ आइतबार
lumbini-patrakar.jpg

रुपन्देही । नेपालमा कोभिड -१९ (कोरोना भाइरस) को दोस्रो लहर प्रभाव बढिरहेका वेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरूले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेका छन् । उनीहरूले स्थानीय तह, जिल्ला स्थित सङ्घ संस्था र अन्य सहयोगी मार्फत आइसोलेसन निर्माण गरेर सञ्चालनमा ल्याएका हुन् । 

प्रदेशमा नयाँ प्रकारको भेरिएन्ट संक्रमणको दर तीव्र रूपमा बढिरहेको र अस्पतालहरू समेत भरिभराउ भएपछि, बिरामीहरूले बेड एवं अक्सिजन  समेत नपाएर मृत्युवरण गरिरहेको अवस्थामा पत्रकारहरूले मानव स्वास्थ्यलाई ख्याल गर्दै, आफ्नै भवनमा आइसोलेसन संरचना निर्माण गरेको पाइएको छ । 

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले एक विज्ञप्ति जारी गरी लुम्बिनी प्रदेशका रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा र अर्घाखाँचीमा पत्रकार महासङ्घकै भवनमा आइसोलेसन निर्माण गरिएको जनाएका छन् । उनले, अर्घाखाँची शाखामा भने, अन्य सङ्घ संस्थाहरूको सहकार्यमा संयुक्त रूपमा आइसोलेसन निर्माण गरिएको बताए । 

त्यस्तै, दाङ शाखाले निर्माण गरेको आइसोलेसन ६ बेडको रहेको छ, भने अन्य जिल्लाका शाखाहरूले निर्माण गरेका आइसोलेशनहरु ५ बेडका रहेको बत्ताइएको छ । प्रत्येक जिल्लाहरूमा संक्रमितहरूको सङ्ख्या दिनहुँ बढ्दै गएकाले सम्भव हुने जिल्लामा सरोकारवाला निकायहरूको सहयोगमा त्यस्ता संरचनाहरू निर्माण गरिएको महासङ्घका प्रदेश अध्यक्ष वसन्त गिरीले बताएका छन् । 

नले भने, उक्त आइसोलेसन पत्रकार महासङ्घ जिल्ला शाखाको संयोजनमा बनेको भए पनि अन्य सर्वसाधारण हरूलाई पनि उपयोग गर्न सकिने गरी निर्माण गरिएको स्पष्ट पारे । यस्ता संरचना निर्माण गर्दा अक्सिजन र स्वास्थ्यकर्मीहरूको भने, अभाव रहेकाले सहयोग तथा समन्वयका लागि नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले सम्बद्ध पक्षलाई सहयोगका लागि अपिल समेत गरेको छ ।

पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा दोस्रो लहरको कोभिड १९ को संक्रमणमा अहिले सम्म ३८ जना पत्रकारहरू रहेका छन् । उनीहरू मध्ये रुपन्देहीमा सबैभन्दा बडी १४ जना रहेका छन् । भने, जसमा २ जना अस्पतालमा भर्ना भएर उपचार गराई रहेका छन्, वाकी पत्रकारहरूले होम आइसोलेसनमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । 

यस्तै बाँकेमा १२ जना संक्रमित रहेको पाइएको छ । उनीहरू मध्ये केहीले अक्सिजनको लगाएर उपचार गरिरहेका छन् । त्यस्तै दाङमा पनि ४ जना पत्रकारहरू संक्रमित भएको खबर छ । त्यसमा एक जनाको गम्भीर अवस्थामा भैरहवामा उपचार भइरहेको पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ