arrow

नुवाकोटमा निषेधाज्ञा थपियो १५ दिन, थप तीनको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
nuwakot-district.png

त्रिशूली । कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि नुवाकोटमा लगाइएको निषेधाज्ञा मंगलवारदेखि पुनः १५ दिन थप गरिएको छ । 

गत वैशाख २१ देखि शुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर यही जेठ १८ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

 थप तीनको निधन
 कोरोना संक्रमित भएर उपचाररत थप तीन जनाको त्रिशूली अस्पतालमा मृत्यु भएको छ ।  अस्पतालमा उपचाररत सूर्यगढी गाउँपालिका–३ की ३१ वर्षीया र  किस्पाङ गाउँपालिका–५ की ४२ वर्षीया महिलाको उपचारका क्रममा मंगलवार निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार उनीहरु दुवैलाई अस्पतालको सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

यस्तै धादिङ, नीलकण्ठ नगरपालिका–११ का ५५ वर्षीय एक पुरुषको पनि उपचारका क्रममा गए राति निधन भएको छ । निधन भएका नुवाकोटका दुई जना मंगलवार थप भएसँगै जिल्लाभित्र कोरोनाका कारण ज्यान गुमाउने  १२ र  सक्रिय संक्रमित ८२१ जना छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ