arrow

 न्याम्सका पदाधिकारी कमाउ धन्दामा, कोभिड वार्ड संचालन अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
NAMS-bir-hospital.jpg

काठमाडौं । मुलुक कोरोना भाइरसको महामारीले शिथिल भइरहेका बेलामा देशको सबैभन्दा जेठो वीर अस्पताल न्याम्सका भीसी र खरिद एकाई कमाउ धन्दामा तल्लीन रहेको पाइएको छ । कोरोना संक्रमितको उपचारका लागि नयाँ सर्जिकल भवन संचालनका लागि लामो समयदेखि स्वास्थ्य मन्त्रालयले ताकेता गर्दा पनि केही नगरेपछि मन्त्रालय आफैंले बजेट दिएर २०० शैयाको कोभिड वार्ड संचालन गर्ने दबाब दिएको थियो । तर मन्त्रालय आफैले संचालन गर्ने भने पनि अहिलेसम्म १२ दिन भइसक्दा पनि संचालन हुन सकेको छैन । 

वीर अस्पताल  प्रशासनले आकस्मिक विभागका लागि ८ जना नर्स र १४ जना डाक्टरको माग भएकामा २०० नर्सले निवेदन दिइसकेका छन् भने २३ जना डाक्टरको निवेदन परेको छ । 

नयाँ सर्जिकल भवनमा २०० कोभिड शैय्या संचालन गर्ने यही बैशाख २२ गते १०० जना नर्स र ३ जना वरिष्ठ डाक्टर माग भएको अन्तिम दिनसम्म १८०० नर्सले निवेदन दिएका थिए ।

हाल सर्जिकल भवन तत्काल संचालन गर्नु पर्ने भएकाले १८०० जनाको परीक्षा लिएर कर्मचारी भर्ना गर्ने असम्भव हुने भन्दै सट लिष्टिङ गरी १८०० बाट सट लिस्टिङ गरेर गरेर कर्मचारी राख्ने तयारी गरिरहादा सो सट लिस्टिङमा भीसीले आफू निकट विवादित शाखा अधिकृत रमण खड्कालाई जिम्मा दिई मन्त्रालय र आफ्नो भन्दै १०० जनाको नाम छनोट समितिमा बुझाएको बुझिन आएको छ । 

निर्देशक कार्यालय स्रोतका अनुसार भीसीले आफ्नो ऐजेन्ट नै खटाएर  रकम उठाएको अस्पतालकी एक नर्स अधिकृतले बताइन् । यस्तो महामारीमा पनि ज्यान जोखिममा राखेर काम गर्छु भन्ने नर्सलाई पनि रकममा लेनदेन हुनु, योग्य र सक्षम कर्मचारी नआउनु अस्पतालका लागि दुर्भाग्य हो । 

अस्पतालमा कोभिडको टिम ज्यान लगाएर फिभर क्लनिक, पीसीआर, जेनेटिक, प्याथोलोजी र फोकल पर्सन इमरजेन्सीमा काम गरिरहेको छ । तर अस्पतालमा अक्सिजन छैन । इमरजेन्सी, आईसीयू र कोभिड वार्डमा अक्सिजन नभएर दिनदिनै  बिरामी मर्दैछन् । 

तर कमिशनमा कुरा नमिल्दा भीसी शाह  र खरिद एकाईले अक्सिजन मेसिन खरिदको फाइल अगाडि बढाएको छैन । न्याम्स कार्यालय स्रोतका अनुसार भीसी कमिशनका लागि सानो सानो फाइल पनि रोक्ने गर्छन् । अधिकार जति सबै आफैसँग राखेका छन्  सबै चेक आफै काट्छन् र कमिशन लिने गरेका छन् । 

नया सर्जिकल भवनमा अर्बौंको उपकरणमा कतिमा अक्सिजन प्लान्ट, आईसीयू बेड, भेन्टिलेटर, मनिटर लगायत उपकरण  कोसँग किन्ने भनेर सर्तकता केन्द्रले कारबाही सिफारिस गरेकालाईसमेत समावेश गरेर सेटिङ गरिएको दाबी गरिएको छ । 

तिनीहरुले नै उपकरणको स्पेक बनाएको भन्दै जर्जिकल विभागका चिकित्सकहरुले गुनासो गरेका छन् । एक चिकित्सकले भने, ‘उपकरण चलाउने हामी तर स्पेक बनाउने उनीहरु ? यो सबै कमिशनको चक्करमा भएको हो ।’

कर्मचारी भर्ना गर्दासमेत त्यसरी नै भ्रष्टाचार भइरहेको आरोप पनि भीसीमाथि लागेको छ । 

नयाँ बनेको ५२० शैयाको भवन संचालनमा समेत पनि ध्यान जान सकेको छैन । यसमा मन्त्रालयले नै हस्तक्षेप गर्नु परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ