arrow

निषेधाज्ञामा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
accident-final_1618120153.jpg

झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका वडा नं ३ सानो केर्खामा बिहीबार राति स्कारपियोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको प्र३–०१–००२४ च ४५३५ नम्बरको स्कारपियोको ठक्करबाट शिवसताक्षी १ धरमपुरका ६२ वर्षीय साने दर्जीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

राति करिब पौने ९ बजे सडक क्रस गर्दै गरेका पैदलयात्री दर्जीलाई स्कारपियोले ठक्कर दिएको थियो । ठक्कर दिने सवारीका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं २२ का २८ वर्षे विष्णु दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ