arrow

निषेधाज्ञा सात दिन थपियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
nisedhagya-nepaljung.jpg
तस्वीर–फाइल ।

सर्लाही । मंगलबारबाट थप सात दिन निषेधाज्ञा जारी भएको छ । बैशाख २५ गते राति १२ बजेदेखि  बैशाख ३१ र जेठ १ देखि १० गतेसम्म गरी दुई पटक निषेधाज्ञा गरिसकेको सर्लाही प्रशासनले मंगलबारबाट थप ७ दिन निषेधाज्ञा थपिएको छ ।  

अब जेठ १७ राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबारसम्म सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । संक्रमित १०५८ जना पुगेका छन् ।

जिल्लामा नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले सोको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । 

निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्यूटीपार्लर, शैलुन, शैक्षिक संस्था, ट्यूसन सेन्टर बन्द हुने छन् । 

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन हुन दिइने प्रमुख जिल्ला अधिकारी तामाङले बताए । 

उनका अनुसार स्वास्थ्य संस्था र पेट्रोल पम्प खुल्ला रहने छन् । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने छ । 

बैङ्क तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गर्नुपर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ