arrow

मुख्यमन्त्री शंकर पोखरेलका नाममा अस्पतालमै कुटिए स्वास्थ्यकर्मीहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
bheri-hospital.jpg

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु कुटिएका छन् । अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण गरी गुन्डाहरुले कुटेका हुन् । 

आक्रमण लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नाममा भएको हो । उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएपछि शंकर पोखरेलको नाम लिएर मृतकका भाइले कुटेको पीडित चिकित्सकहरुले आरोप लगाएका छन् । 

सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित उपचाररत थिए । उनको अवस्था गम्भीर थियो । स्वास्थ्यमा सुधार आउन नसक्दा उनको उपचारकै क्रममा मृत्यु भयो । 

उनको मृत्युपछि उनका भाइ एवं दाङका एमाले नेता मानबहादुर रावतले गुन्डाहरु बोलाएर अस्पतालमा डाक्टर तथा नर्सहरुलाई लखेटी लखेटी आक्रमण गर्न लगाए । 

गुन्डाहरुले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सकले झ्यालबाट हाम्फालेर ज्यान बचाएका थिए । 

उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको बताइएको छ । नर्सहरुलाई लातलेसमेत हानेका थिए । 

रावतले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत नाम लिएर चिकित्सकहरुलाई तर्साएका थिए । दाइको उपचारका क्रममा मृत्यु भएपछि रावतले त्यही रीसको झवाँकमा आफ्नो नैतिकतासमेत भुलेर एक्कासी गुन्डाधारी रुप धारण गरेका हुन् । 

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको देउवाद्धारा भत्सर्ना, दोषीमाथि कडा कारबाही गर्न माग



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ