arrow

मासु र मदिरा माथिको अनुसन्धान

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
alcohol-meat.jpg

काठमाडौँ । हाम्रो दैनिक जीवनमा आफ्नो जीवन शैलीसँग सम्बन्धित धेरै विकल्पहरू जस्तै खान-पान, वेशभूषा इत्यादिमा हामीले छनौट गर्नुपर्ने हुन्छ । व्यक्तिले आफ्नो जीवन शैलीलाई आध्यात्मिक रूपले सही छनौट गर्दछ तब त्यसबाट उत्पन्न हुने सात्त्विकताबाट ऊ लाभान्वित हुन्छ ।

 त्यसबाट रज तथा तमको सूक्ष्म गुणको (अत्यधिक क्रियाशीलता एवं अज्ञानता) प्रभाव पनि कम हुन थाल्छ । कलियुगमा यस्तो व्यक्तिको सङ्ख्या निरन्तर कमी भइरहेको छ । खाना र पिउनको लागि हाम्रो छनौट पनि यसको अपवाद छैन । यो लेखमा हामी मासु तथा मदिराबाट प्रक्षेपित हुने स्पन्दनहरूको अध्ययन गर्ने छौँ । तुलनात्मक विश्लेषणबाट हामीलाई आध्यात्मिक लाभ हुने अन्नपदार्थहरुको महत्त्वबारे थाहा हुन्छ ।

मांसाहारी आहारको आध्यात्मिक प्रभाव
शरीर रचनात्मक प्रमाणले मनुष्यको लागि शाकाहारी भोजन निर्धारित गरिएको सिद्ध गर्दछ । मानवको केनाईन दाँतको तुलनामा मांसाहारी पशुको दाँत (केनाईन दाँत) लामो,  नुकीलो तथा वक्र हुन्छ, अतः मनुष्यको दाँत मासु खानको लागि बनेको हुँदैन । हाम्रो पाचन तन्त्रको बनावट पनि मांसाहारी भोजन हेतु उपयुक्त हुँदैन । 

साथै मासु खानाले विभिन्न रोगहरू जस्तै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल तथा केही प्रकारको क्यान्सरहरू हुन सक्छ भनी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले स्पष्ट गरेको छ  । धेरै चिकित्सकहरूले शाकाहारी भोजन सेवन गर्न आग्रह गर्दछन् । शाकाहारी भोजनले सर्वोत्कृष्ट पोषण प्रदान गर्दछ तथा मांसाहारी भोजनबाट हुने रोगबाट व्यक्तिलाई बचाउँदछ ।

यस आध्यात्मिक अनुसन्धानबाट मांसाहारीको तुलनामा शाकाहारी भोजन अधिक लाभदायी हुने निष्कर्ष छ । मांसाहारी भोजनको तुलनामा शाकाहारी भोजन अधिक सात्त्विक हुन्छ र त्यसमा रज-तमको मात्रा पनि कम हुन्छ । सात्त्विक शाकाहारी भोजन सेवन गर्नाले आध्यात्मिक प्रगतिको लागि अनुकूल सत्त्व प्रधान स्पन्दनहरू ग्रहण हुन थाल्छ ।

मांसाहारीमा रज-तमको गुण अधिक मात्रामा हुन्छ; त्यसैले यस्तो भोजनलाई ग्रहण गर्ने व्यक्ति मासुमा विद्यमान हुने तमोगुणलाई ग्रहण गर्दछ, अतः यसको त्याग गर्नु नै उत्तम हुन्छ । तम प्रधान आहारले तम प्रधान विचारलाई निर्मित गर्दछ तथा दुर्गुण जस्तै भय, चिन्ता, क्रोध तथा उग्रता पनि उत्पन्न हुन्छ । यसले मन तथा बुद्धिको सन्तुलन बिग्रिन्छ तथा व्यक्ति पथ भ्रष्ट हुन्छ ।

मदिरा पिउँदा आध्यात्मिक प्रभाव
पछिल्लो समय समाजमा मदिराको प्रयोग व्यापक तथा स्वीकार्य भइसकेको छ । तर हामीले मदिरालाई  चिकित्सकीय, मनोवैज्ञानिक, सामाजिक, तथा पारिवारिक समस्या बढाउने जड कुरा बिर्सेर पिउँछौ  । व्यक्तिले मदिरा पिउने केही मनोवैज्ञानिक कारणहरू छन्  । जसमा  भय, अपराधी भाव, उत्तरदायित्वबाट भाग्ने, सम्बन्धहरू टुट्ने, प्रतिष्ठा घट्ने, आर्थिक हानि तथा प्रियजनको मृत्युहरू सम्मिलित छ । 

आध्यात्मिक दृष्टिकोणले मदिरामा अनिष्ट शक्तिलाई आकर्षित गर्ने क्षमता हुन्छ । मदिरा तम-रज प्रधान पेय हो । फलस्वरूप, मदिरा पिउनाले व्यक्तिमा सात्त्विकता घटेर त्यही समय उसमा सूक्ष्म तमोगुण बढ्न थाल्दछ । यसको परिणामस्वरूप आध्यात्मिक रूपले व्यक्तिको दुर्बलतामा वृद्धि हुन्छ तथा व्यक्तिमा अनिष्ट शक्तिको आक्रमण बढेर जान्छ एवं कहिलेकाहीँ व्यक्ति अनिष्ट शक्तिहरूको कब्जामा पनि पर्दछन् ।

बायोफीडव्यक उपकरणद्वारा गरिएको विश्लेषण
यदि कसैसँग औसत भन्दा अधिक क्षमता भएको छैटौँ इन्द्रिय छ भने, त्यो व्यक्तिले आध्यात्मिक स्पन्दन ग्रहण गर्न सक्दछ । उसले कुन पदार्थ आध्यात्मिक दृष्टिले उपयुक्त छ अथवा छैन त्यो कुरा निर्णय गरेर जीवनमा आध्यात्मिक दृष्टिले उचित छनौटहरू गर्न सक्दछ । 

आरएफआई (रेजोनेंट फिल्ड इमेजिंग) र पीआईपी (पोलीकान्ट्रास्ट इन्टरफेरेन्स फोटोग्राफी – बायो इमेन्जिंग समान उपकरण) जस्ता केही बायोफीडव्यक उपकरणहरूले वस्तुको चारैतर्फ भएको स्पन्दन ग्रहण गरेर उनीहरूलाई दृश्य स्वरूपमा देखाउन सक्दछन् । यसले गर्दा सामान्य व्यक्ति पनि आफ्नो आँखाले बस्तुको चारतर्फको प्रभा मण्डल (आभा) अथवा ऊर्जा क्षेत्र देख्न सक्दछ ।

यो परीक्षणद्वारा हामीले वैज्ञानिक बायोफीडब्यक उपकरणद्वारा मासु तथा मदिराबाट प्रक्षेपित स्पन्दन माथि प्रकाश पारेका छौँ र तिनीहरूलाई आध्यात्मिक अनुसन्धानबाट प्राप्त निष्कर्षहरूसँग  तुलना गरेका छौँ ।

यी परीक्षणहरूमा हामीले वस्तुको कारण वातावरणमा हुने परिवर्तनको रीडिंग लिएका छौँ । वातावरण निरन्तर परिवर्तन हुन्छ, त्यसैले हामीले वस्तुको परीक्षण गर्नु भन्दा पूर्व वातावरणको मूलभूत रीडिंग लेख्यौँ । अतः मासु तथा मदिराको परीक्षण गर्ने समयमा, प्रथम त्यो पदार्थ नराखीकन वातावरणको रीडिंग लियौँ तथा त्यसपछि परीक्षण गरिने वस्तुलाई त्यहाँ राखेर पुनः रीडिंग गरियो ।

May be an image of text that says 'परीक्षण गरिएको पदार्थ विश्वेषण रीडिंग (मेगाह्स) मांसाहार (मासु) को प्रयोग १अ. पहिला ६६९.४० आवृत्ति गाढा निलो छ, जसले सकारात्मकतालाई दर्शउँछ ६०३.८० १आ. परीक्षणको समय मासुको थाल राखेपछि कालो नकारात्मकता देखियो मदिराकोप्रयोग રअ. पहिला ६८७.२२ आवृत्तिको रंग नभी निलो છ जसले सकारात्मकतालाई दर्शडँछ, तर ल्यो नीलो रग भन्दा कम सकरात्मक हुन्छ ६३९.८६ २आ. परीक्षणको समयमा मदिरा परीक्षणको लागि राखेपछि, त्यसकी आवृत्ति निलो भयो, जसले वातावरणमा सकारात्मक परिवर्तनलाई जनाउँदछ (टिप्पणी १)'

टिप्पणी १ : उन्नत छैटौँ इन्द्रियबाट यो आर.एफ.आई. पठन (रीडिंग) को विश्लेषण गरेपछि, हाम्रो अनुसन्धान टोलीले थाहा पाए कि यो सही सकारात्मक परिवर्तन होइन तर मायावी तरङ्गको आकर्षणले अनिष्ट शक्तिद्वारा निर्मित भ्रम हो । मायावी तरङ्ग अनिष्ट शक्तिद्वारा निर्मित गरिन्छ तथा त्यसले झूठमूठ सुख दर्साउँछ ।

पीआईपी (पोलीकान्ट्रास्ट इन्टरफेरेन्स फोटोग्राफी) बाट प्राप्त परिणाम
पूर्व :  प्रथम चित्र जुन हामीले लियौँ त्यो वातावरणको प्रभा मण्डलको (आभा) थियो । यहाँ सुन्तला रङले तनावको स्पन्दनलाई दर्साउँछ,  हरियो रङले सकारात्मक शक्तिलाई दर्साउँछ तथा पहेँलोको साथ सुनौलो रङले उच्च स्तरीय ब्रह्माण्डीय स्पन्दनहरूलाई दर्साउँदछ ।

May be an image of text that says 'पीआईपीले मासु राख्नु अघि वातावरणको आभामण्डलाई देखाउँदछ सुन्ताला रंगले नकारात्मकतालाई जनाउँदछ पहेलो रंगले उच्च आध्यात्मिक तत्वलाई द्साउँदछ हरियो रंगले सकारात्मकतालाई Spiritual Science Research Foundation दर्साउँदछ'

वातावरणको प्रभा मण्डलको केन्द्रमा रहेको पहेँलो रङले उच्च आध्यात्मिक तत्त्वलाई दर्शाउॅंदछ, यो सँगै सुन्तला रङले तनावलाई दर्साउँछ तथा हरियो रङले सकारात्मकता तथा गतिलाई दर्काउँदछ ।

May be an image of text

मासु थालमा राखी सके पछि, पुरै वातावरण परिवर्तित भयो । सकारात्मकता दर्साउने हरियो रङ्ग अल्प भयो र नकारात्मक सुन्तला रङ्गमा वृद्धि भयो तथा मासुको चारैतर्फ आकर्षित भयो । सकारात्मक पहेँलो रङ्ग पनि न्यून हुन थाल्यो ।

May be an image of text that says 'पीआईपीले मदिरा राख्नु अघि वातावरणको आभामण्डलाई देखाउँदछ सुन्ताला रंग नकारात्मकतालाई जनाउँदछ पहेंलो रंग उच्च आध्यात्मिक तत्वलाई दर्साउँदछ खाली गिलास W Spiritual Science Research Foundation हरियो रंगले सकारात्मकतालाई दर्साउँदछ'
वातावरणको प्रभा मण्डलको केन्द्रमा रहेको पहेँलो रङले उच्च आध्यात्मिक तत्त्वलाई दर्साउँदछ, यो सँगै सुन्तला रङले तनावलाई दर्साउँछ तथा हरियो रङले सकारात्मकता तथा गतिलाई दर्काउँदछ  ।

May be an image of text

परीक्षणको लागि मदिरा राखेपछि,  नकारात्मक सुन्तला रङ्ग बढ्न थाल्यो तथा यसको वलयले मदिराको गिलासलाई घेरी दिन्छ । अतः सकारात्मक हरियो वलय हट्दछ । मदिराको कारण, उच्च आध्यात्मिक तत्त्वलाई दर्साउने पहेँलो रङ्ग घट्यो ।

निष्कर्ष
मासु तथा मदिरा दुवै तम प्रधान हुन्छन् । मासुले अनिष्ट शक्तिलाई आकर्षित गर्दछ । मदिरा मायावी शक्तिलाई आकर्षित गर्नमा सक्षम हुन्छ । यस कारण, मदिराले गलत सकारात्मक आर.एफ.आई. रीडिंग प्रदर्शित गर्दछ । उपर्युक्त अवलोकनबाट यो कुरा स्पष्ट हुन्छ कि मासु तथा मदिरा सेवनको कारण, व्यक्ति मासु तथा मदिराबाट आकर्षित हुने कष्टदायक स्पन्दनलाई ग्रहण गर्दछ तथा उसको स्वभाव तामसिक (तम-प्रधान) बन्न थाल्छ ।

उपर्युक्त निष्कर्ष हामीले विभिन्न प्रकारको खानेकुराहरू तथा पिउने पदार्थहरू माथि गरिएको आध्यात्मिक अनुसन्धानसँग मेल खान्छ ।

उपर्युक्त स्क्यान र त्यसको विश्लेषण श्री. सन्तोष जोशीको सहायताबाट गरिएको हो (वैश्विक ऊर्जाको अनुसन्धानकर्ता, मुम्बई, भारत) ।

एसएसएरएफ यस प्रकारको विषयको सन्दर्भमा वैज्ञानिक परिप्रेक्ष्यको दृष्टिले यस क्षेत्रका अनुसन्धानकर्ता र विशेषज्ञसँग सहायताको लागि अनुरोध गर्दछ ।

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ