arrow

लुम्बिनी प्रदेश : राष्ट्रियसभा उपनिर्वाचनमा कसले मार्ला वाजी

logo
नारायण वली,
प्रकाशित २०७८ जेठ १६ आइतबार
nationla-assembly-candidate.jpg

रुपन्देही। लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको लागि उपनिर्वाचन मिति नजिकिएको छ। जेठ १७ गते हुने उपनिर्वाचन, प्रदेशको राजधानी घोराहीमा हुने भएको हो। उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका दृग नारायण पाण्डे र एमालेका चन्द्र बहादुर खड्का बीच चुनावी मैदान तातिने भएको छ।

राष्ट्रियसभा सदस्य पदमा एमालेका खड्का दोहोरिन खोजेका वेला, गठबन्धनका साझा उम्मेदवार दृग नारायण पाण्डेले आफ्नो जितका लागि कसरत बढाएका छन्। पाण्डे, कपिलवस्तुबाट एमाले तर्फ विजय भएका हुन्। उनले पछिल्लो समय एमाले पार्टी माथि विभिन्न समस्या देखाउँदै, नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित खड्का एमालेमा प्रवेश गरेपछि उनको राष्ट्रियसभा सदस्य पद गुम्न पुगेको थियो। माओवादी केन्द्रबाट कारबाहीमा परेका खड्का पुनः आफ्नो पदलाई जिताउन निकै कस्सिएको पाइएको छ।

स्थानीय तहका प्रमुख–उपप्रमुख र प्रदेशसभा सदस्यहरूले मतदान गर्न पाउने सो उपनिर्वाचनमा प्रदेशमा रहेका ४ दलीय गठबन्धनले आफ्नो साझा उम्मेदवारको विजयी हात पार्न तदारुकता देखाएको छ, भने एमाले एक्लैको प्रयासमा खड्कालाई पुनः राष्ट्रिय सभा सदस्य बनाउन जोड दिँदै आएको छ।

तर, लुम्बिनी प्रदेशको अङ्कगणितलाई हेर्दा, ४ दलीय गठबन्धनको पटक बलियो देखिएको छ। जसको जित सुनिश्चित देखिएको छ। गठबन्धनको कुल मत भार ३ हजार २ सय ६७ छ, भने एमाले तर्फ २ हजार ८ सय ३२ छ।

नेपाली काँग्रेस तर्फ, १९ जना प्रदेशसभा सदस्य, ४५ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी कुल मत भार १ हजार ६ सय ८५, माओवादी केन्द्र तर्फ १८ प्रदेशसभा सदस्य, १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी कुल मत भार १ हजार १ सय ८८, जनता समाजवादी तर्फ २ जना प्रदेशसभा सदस्य सहित कुल मत भार २ सय ९४ र जसपाको १३ मत छ, भने गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा तर्फ १ जना प्रदेशसभा सदस्य र ४ स्थानीय तहका प्रमुख उपप्रमुख गरी कुल मत भार १ सय २० रहेको छ।

यस्तै, एमाले तर्फ ३८ जना प्रदेशसभा सदस्य र ५६ स्थानीय तहका प्रमुख उपप्रमुख गरी कुल मत भार २ हजार ८ सय ३२ रहेको छ। मतदानमा सहभागी हुने अन्य दल तर्फ ७९ र स्वतन्त्र तर्फ ४ रहेको बत्ताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ