arrow

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख राणाद्वारा उपनिर्वाचन बहिस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
dhawal-semser.jpg

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शम्शेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार गरेको घोषणा गरेका छन् । लुम्बिनी प्रदेशमा सोमबार मतदान भइरहेको छ । 

देश कोरोना महामारीको चपेटामा परेका बेला सबै मिलेर महामारीको सामना गर्नुपर्नेमा ठूला दल राजनीतिक लडाइँमा लागेकाले उपनिर्वाचनमा मतदान नगर्ने निर्णय गरेका हुन् ।

राणाले सामाजिक सञ्जालमार्फत आफूले उपनिर्वाचन बहिस्कार गरेको बताएका हुन् । उनले आफू जनतालाई महामारीबाट बचाउनका लागि खट्नुपर्ने भएकाले उपनिर्वाचन आफ्नो प्राथमिकतामा नपरेको बताएका हुन् । लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा मत नहाल्ने उनले घोषणा गरेका हुन् ।

राणाले लेखेका छन्, ‘अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ