arrow

के तपाईकाे मोबाइल फोन दर्ता छ ? दर्ता नभए साउन १ गतेदेखि बन्द हुनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
smartphone3.png

काठमाडौं। सरकारले साउन १ गतेदेखि अवैध मोबाइल नचल्ने अथवा बन्द गर्ने घोषणा गरेको छ ।नेपाल दुरसञ्चार प्राधिकरणले जडान गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)ले अव अवैध मोबाइल छानेर र नचल्ने बनाउने भएको हो ।

इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमआई)नम्बर दर्ता नभएका सबै मोबाइलहरु अब, एमडीएमएस सिस्टमले छानेर ब्लक गर्नेछ ।

तर, यतिबेला कतिपय मानिसहरु आफ्नो मोबाइल दर्ता नभएको पाएर साउन १ गतेदेखि बन्द हुने हो कि भन्ने चिन्तामा छन् । त्यो भन्दा अघि यो सिस्टम के हो र कसरी काम गर्छ ? भनेर जान्न जरुरी छ ।

के हो आईएमआई नम्बर ?

इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी अर्थात यो कुनै पनि मोबाइलको पहिचान गराउने नम्बर हो ।ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन(जीएसएमए)ले आईएमआई नम्बर मोबाइल उत्पादक कम्पनीहरुलाई प्रदान गर्छ ।

यसरी हरेक मोबाइलको छुट्टै आईएमआई नम्बर हुँने हुँदा कुनै पनि मोबाइल हराएको या चोरिभएको खण्डमा सो मोबाइललाई ब्लक गर्न आईएमआई नम्बर काम लाग्छ ।

आईएमआई नम्बरकै आधारमा नेपाल दुरसञ्चार प्राधिकरणले अब, अवैध रुपमा भित्रिएका मोबाइल बन्द गर्ने भएको हो ।

कसरी थाहा पाउँछ प्राधिकरणले अवैध मोबाइल ?

कुनै पनि आयातकर्ताले नेपालमा कुनै पनि ब्राण्डको मोबाइल भित्र्याउनुअघि नै दुरसञ्चार प्राधिकरणमा ती मोबाइलको आईएमआई नम्बर दर्ता गराउनु पर्नेहुन्छ । यो काम प्राधिकरणले विगत साढे ४ वर्षदेखि गर्दै आएको छ ।

यसै अनुसार अब, साउन १ गतेपछि कुनै पनि आयातकर्ताले नयाँ मोबाइल भित्र्याउनु अघि ती सबै ब्राण्डका मोबाइलको आईएमआई नम्बर मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता गर्नेछन् ।

अब, नेपालको मोबाइल पसलमा पुगेका ती मोबाइल जुनसुकै ग्राहकले पनि किन्छ र त्यो मोबाइलमा सीम कार्ड हाल्छ ।

एनटीसी, एनसेल वा स्मार्टटेलिकम जुनसुकै सीम हालेर जहाँसुकै फोन गर्दा त्यो मोबाइलको आईएमआई नम्बर अब, एनटीसी,  एनसेल वा स्मार्ट टेलिकम जुन कम्पनीको सीम हो, त्यसै कम्पनीको डेटाबेसमा जान्छ ।

एनटीसी,  एनसेव वा स्मार्टटेलिकमको डटाबेसमा रहेको आईएमआई नम्बर अब, अटोमेकि (स्वत:) मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा जान्छ र त्यहाँ अगाडि नै सो आईएमआई नम्बर दर्ता भएको छ, छैन् हेर्छ ।

अगाडि नै अर्थात अयातकर्ताले मोबाइल नेपाल भित्र्याउनुअघि नै आईएमआई नम्बर दर्ता भएको रहेछ भने सो मोबाइल वैधानिक तरिकाले भित्रिएको पुष्टि हुन्छ । दर्ता छैन् भने, भन्सार छलि गरेर आएको रहेछ भन्ने पुष्टि हुन्छ ।

दर्ता नभए, हुन्छ कारवाही !

यदि, कुनै मोबाइलको आईएमआई नम्बर दर्ता भएको पाइएन भने, त्यो मोबाइलको आईएमआई नम्बर सोझै कालो सूची या खैरो सूचीमा जान्छ ।

१५ अंकको हुने आईएमआई नम्बर कुनै मोबाइलमा ८, ९ अंककै फेक  राखिएकाे हुन्छ, भने कुनै दुई मोबाइलको एउटै आईएमआई नम्बर जुध्न सक्छ । यी सबै अवैध तरिकाले भित्रिएका अथवा आयातकर्ताले एमडीएमएसमा दर्ता गर्न बिर्सेको हुनसक्छ ।

पूरै गलत आईएमआई नम्बर हो (अर्थात ८,९ अंककाे छ) भने, त्यो मोबाइल स्वत: ब्लक हुन्छ । तर, यदि कुनै दुई मोबाइलको आईएमआई नम्बर जुध्याे या दर्ता नभएको आईएमआई नम्बर भेटियो भने । त्यस्तो मोबाइलमा म्यासेज पठाएर जानकारी गराइन्छ ।

यदि भन्सारबाटै आएको हाे तर, दर्ता गर्न छुटेको हो भने, फेरि दर्ता गर्न लाइन्छ ।तर, भन्सारबाट नभइ अवैध तरिकाले भित्रिएकाे रहेछ भने ब्लक गरिन्छ ।

ब्लक भन्नाले फोनकाे स्विच नै नखुल्ने हो त ?

हैन्, अवैधरुपमा भित्रिएका मोबाइलहरुमा कुनै पनि सीम कार्ड चल्नेछैन् । तर, वाईफाई र अन्य मोबाइल एप्सहरु चल्नेछन् । अझै सहज रूपमा भन्दा ब्लक गरिएका माेबाइलमा सीम कार्ड सम्बन्धका सेवाहरू काम गर्ने छैनन् ।

तर, प्राधिरकणले भविष्यमा अवैध मोबाइल इन्टरनेटबाट समेत ट्र्याक गरेर वाईफाई पनि नचल्ने बनाउन सकिने बताएको छ ।

यदि तपाइको मोबाइल दर्ता छैन्, ब्लक हुन्छ ?

(साउन १ अघि भित्रिसकेका माेबाइलकाे हकमा)

हुँदैन । अहिले धेरैमानिसहरु माेबाइल दर्ता नभएकाे पाउँदा साउन १ गतेदेखि आफ्नो मोबाइल बन्द हुने हो कि भन्ने आशंकामा रहेका छन् । 

  • यो लिंकमा क्लिक गरेर आईएमईआई नम्बर हाली मोबाइल दर्ता भए/नभएको थाहा पाउन सकिन्छ । (माेबाइलमा *#06# डायल गरेर आईएमईआई  नम्बर थाहा पाउन सकिन्छ ।

"यदि यहाँ तपाइको मोबाइल दर्ता नभएको पाइए पनि ब्लक भने हुने छैन् ।"

मोबाइल दर्ता नभएको देखिनुको कारण आयातकर्ताले दर्ता गर्न छुटाएको हुनसक्छ अथवा सफ्टवयरमा बसिनसकेका कारण वा सफ्टयरको कमजोरी पनि हुनसक्छ ।

किनकी यदि तपाइको मोबाइल भन्सारमा दर्ता भएर आएको हो भने, यसको आईएमआई नम्बर प्राधिकरणमा दर्ता भएको हुन्छ ।

जुन कम्पनीको सीम हो सोही टेलिकमको डेटाबेसबाट तपाइको मोबाइलको आईएमआई नम्बर साउन १ गतेसम्म एमडीएमएसमा गइसक्ने छ ।

त्यसपछि सिस्टमले अटोमेटिक रुपमा चेकजाँच गरेर दर्ता भए नभएको र फेक आईएमआई नम्बर भएको जाँच गर्नेछ ।

फेकलाई प्राधिकरणले ब्लक गर्ने छ भने, दर्ता नभएकोलाई दर्ता गर्न छुटेको हो या अवैध तरिकाले आएको हो भनेर अनुसन्धान गर्छ । दर्ता गर्न छुटेको भए दर्ता गर्न मोबाइल म्यासेजबाट आग्रह गर्नेछ र अवैध रुपमा भित्रिएको पाइएमा ब्लक गर्नेछ ।

  • दर्ता छैन् भने, यो लिंकमा गएर साइनअप गरेर ‘इन्डिभिजुअल एप्लीकेशन’मा क्लिक गरी फर्म भरी दर्ता गर्न सकिन्छ ।

(नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक एवं पूर्वप्रवक्ता मीनप्रशाद अर्यालसँगको कुराकानीमा आधारित)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ