arrow

रजतपट कोसेली मार्फत ज्योतिषहरूले दिए सय घरपरिवारलाई महिना दिन पुग्ने खाद्यान्न सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
rajpat-sahayog.JPG

काठमाडौँ । कोरोना महामारीपछि देशमा जारी निष निषेधाज्ञाले निम्न आय भएका तथा गरिब विपन्नहरूलाई दैनिक गुजारा गर्न गाह्रो परेको छ । लकडाउनको चपेटामा परेकाहरूलाई रजतपट कोसेली अभियानलाई साथ दिँदै र युवा ज्योतिषहरू तथा टोलीले एक सय घर परिवारलाई लगभग एक महिना पुग्ने खाद्यान्न सामग्री वितरणमा सहयोग गरेको छ । 
 
आफू पनि बाचौँ अरूलाई पनि बचाऔँ भावना मनमा राखेर रजतपट समूहले खाद्यान्न सामग्री वितरण गरेको हो । समाजसेवी तथा रजतपट कार्यक्रमका सञ्चालक प्रकाश सुबेदीको संयोजन र ज्योतिष तथा वास्तुविद् अनिल थापाको अग्रसरतामा रजतपट कोसेली अन्तर्गत सो सामग्री वितरण गरिएको हो । 

कोभिड १९ र लकडाउनको चपेटाले दैनिक गुजरामा समस्या परेका, चलचित्र प्रबिधिकहरु, अनाथ बाल बालिका, जनआन्दोलन मा घाइते, शारीरिक असक्तता भएका एक घर परिवारलाई गुणस्तरीय चामल, दाल, तेल, मसौरा, साबुन, मास्क लगायतका सामग्री एक महिनालाई पुग्ने गरी वितरण गरिएको ज्योतिषी शम्सेर श्रेष्ठले बताए । उनले भने,' जो जहाँ छ त्यहि स्व स्फूर्त रूपमा एकलाई परेको दुख पीडामा सहयोग गर्नु मानवता हो ,मानव सेवामा लाग्नु नै सही अर्थमा सारा जगतको एक धर्म मानव धर्म हो ।' 

सो अभियानमा अमेरिका क्यालिफोर्निया स्थित एभरेस्ट कुजिन रेस्टुरेन्ट टिमबाट अनिल पाण्डे, युवराज कार्की, सागर थापा, धिरज कार्कीले पनि सहयोग गरेका थिए । साथै अमेरिकाको टेक्सस अस्टिन निवासी पवन पौडेल, अमेरिका मै पढ्दै गरेका विद्यार्थी आशुतोष गौतम अस्ट्रेलिया साउथ वेल्समा पढ्दै युवा नवीन कार्कीले आर्थिक सहयोग गरेका थिए।
  
एवं युवा ज्योतिष तथा वास्तु अनुसन्धानकर्ता अनिल थापाको टिमबाट अग्रज ज्योतिषी गुरु सुनिल सिटौला, ज्योतिषी शम्सेर श्रेष्ठ, ज्योतिषी प्रलाद लामिछाने सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ